हुम्लाकी पहिलो सङ्क्रमितलाई पुनः कोरोना देखियो

हुम्लाकी पहिलो सङ्क्रमितलाई पुनः कोरोना देखियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट – यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितमा कोरोना परीक्षण गर्दा पुनः सङ्क्रमण पुष्टि भएको छ । नेपालगञ्जबाट हुम्ला पुगेका सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो पटक सङ्क्रमण पुष्टि भएको हो ।

एकचालीस जनामा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ भएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । ती युवतीको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ । यस्तै एउटै जहाजमा आएका विद्युत् कार्यालयका दुई कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

उनीहरुको पनि स्वास्थ्यअवस्था सामान्य रहेको हुम्ला अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमित सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ । हुम्लामा तीन सक्रिय कोरोना सङ्क्रमित छन् ।