हुम्लामा मतपेटिका सङ्कलन गर्न हेलिकप्टर

हुम्लामा मतपेटिका सङ्कलन गर्न हेलिकप्टर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला – हुम्लाको दक्षिण भेगमा रहेका ३४ मतदान केन्द्रको एक सय ३६ मतपेटिका सङ्कलन गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ । दक्षिण क्षेत्रका चार गाउँपालिकाअन्तर्गतको ३४ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याइने भएको हो ।

दूर्गम क्षेत्रको मतदान केन्द्रबाट पैदल मार्गबाट ढुवानी गरेर ल्याउन जोखिम देखिएपछि निर्वाचन आयोगले हेलिकोप्टरमै ढुवानी गर्न सहमति दिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताए। लामो प्रयासपछि आयोगले हेलिकप्टरमा ती मतपेटिका हेलिकप्टरमा ढुवानी गर्न सहमति दिएपछि त्यो सम्भव भएको उनले बताए।

हेलिकप्टरले सर्केगार्डबाट सिमकोटका लागि दुई उडान भरेर मतपेटिका ढुवानी गरिनेछ । मतदान कार्य सम्पन्न भएको दुई दिन बित्न लाग्दा पनि आधाभन्दा बढी मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको छैन ।