हुम्लामा अवरुद्ध हवाइ सेवा सुरू

हुम्लामा अवरुद्ध हवाइ सेवा सुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला – हुम्लामा अवरुद्ध हवाइ सेवा सुरु भएको छ । गत शनिबार रातिदेखि खराब मौसमका कारण अवरुद्ध हवाइ सेवा शुक्रबारबाट सुुरु भएको हो ।

६ दिनपछि मौसममा आएको सुधारसँगै शुक्रबारबाट हवाइ सेवा सुरु भएको नागरिक उड्डयन प्राधिकरण सिमिकोटले जनाएको छ ।

शुक्रबारबाट सिमिकोट विमानस्थलबाट नेपालगन्ज र सुर्खेत जाने र नेपालगन्ज र सुर्खेतबाट सिमिकोट आउने उडानहरू सुचालु भएका भएका नागरिक उड्डयन प्राधिकरण सिमिकोटले जनाएको छ ।