बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित

बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट- हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि यहाँका किसान चिन्तित हुन थालेका छन् । 

लामो समयदेखि पानी नपर्दा कोदो, चिनो, कागुनो, भट्ट, काउनीलगायत तरकारी बालीसमेत सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन् ।

सिमकोट गाउँपालिका–१ का किसान जानकी भण्डारीले असारमा पानी नपरेकाले बाली सुक्दै जान थालेको बताए । सिमकोट गाउँपालिका–२ का किसान रुप्सी बोहराले असारको पहिलो हप्तासम्म पानी नपर्दा उत्पादन घट्ने र यहाँ खाद्यान्न सकंट पर्नसक्ने बताए ।

सबैभन्दा बढी अन्न उत्पादन हुने सर्केगाड गाउँपालिका–२ रिपगाउँका किसानसमेत लामो सयम पानी नपर्दा बाली सुक्दै जान थालेको भन्दै चिन्तामा परेका छन् ।