काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई विन्टर डिलाइट’ योजना बजारमा ल्याएको छ ।
यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाउने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निस्शुल्क १ वर्षसम्मको बीमा, आकर्षक एक्सचेन्ज बोनस स्पोट एक्सचेन्ज तथा मूल्याङ्कनको सुबिधा र एक वर्ष सम्मको निशुल्क सडक कर समेत प्राप्त गर्न सक्नेछन् ।
साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।




प्रतिक्रिया