चुच्चे नक्सा अंकित १०० दरका नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीले पायो जिम्मा

चुच्चे नक्सा अंकित १०० दरका नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीले पायो जिम्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरका ३० करोड नयाँ नोट छाप्ने भएको हो ।

नोटको डिजाइन, छपाई र डेलिभरीसहितको टेण्डर चिनियाँ बैंक नोट प्रिन्टिङ एण्ड मिन्टङ कर्पोरेसनले पाएको छ ।

आइतबार एक सूचना प्रकाशित गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले नोट छाप्ने टेन्डर प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ ।

३० करोड वटा एक सय रूपैयाँको नोट छाप्न कम्पनीले ८९ लाख ९६ हजार पाँच सय ९२ डलर अर्थात् आजको विनिमयदर एक सय ३४ रूपैयाँ २४ पैसाको आधारमा एक अर्ब २० करोड रूपैयाँको लागत पेस गरेको थियो।

यस आधारमा एक सयको प्रति नोट लागत चार रूपैयाँ दुई पैसा हुने भएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्ले गत वैशाखमा चुच्चे नक्सा अंकित गर्ने गरी १०० रुपैयाँ दरको नोटको डिजाइन परिवर्त गर्ने गरी स्वीकृति दिएको थियो ।