सुनसरी – आफ्नै श्रीमतीलाई छुरा प्रहार गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१३ जानकी चोक बस्ने ३२ वर्षीया ललिता लिम्बुलाई छुरा प्रहार गरेको अभियोगमा ३२ वर्षीय चन्द्रबहादुर लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेका चन्द्रबहादुरले घरायसी विवाद हुँदा छुरा प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट अमरहाडबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई छुरा १ थान सहित पक्राउ गरेको हो ।
छुरा प्रहारबाट घाइते भएकी ललिताको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया