श्रीमानको टाउकोमा श्रीमतिले स्यान्डलले हानेपछि…

श्रीमानको टाउकोमा श्रीमतिले स्यान्डलले हानेपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – घरेलू हिंसामा सामान्य रुपमा महिला पतिको हिंसा र क्रुरताको शिकार हुन्छिन् । तर पछिल्लो समयमा सोशल मीडियामा एक तस्बिर व्यापक भाइरल भइरहेको छ, जसले घरेलू हिंसाको अर्को रुप देखाएको छ ।

उक्त तस्बिरमा एक पुरुषको टाउकोमा लेडिज स्यान्डलको हील घुसेको देख्न सकिन्छ । उनी शल्यक्रियाका लागि टेबुलमा सुतेका छन् । यद्यपी यो घटना पहिलो पटक २३ फेब्रुअरीमा मीडियामा आएको थियो । तर हाल यो तस्बिर सबै सोशल मीडिया प्लेटफर्ममा तीव्र रुपमा भाइरल भइरहेको छ ।

यो घटना कहाँको हो र कुन पुरुषको टाउकोमा स्यान्डलको हील घुसेको छ, त्यसको विस्तृत विवरण भने दिइएको छैन । तर मीडिया रिपोर्टसका अनुसार पुरुष सुतिरहेको समयमा महिलाले उसको टाउकोमा स्यान्डल हानेको भन्न सकिन्छ । महिलाले सायद यो सोचेकि थिइनन् कि उनको स्यान्डलको हील उनको पतिको टाउकोमा यती नराम्ररी घुस्न सक्छ भनेर ।

तर घटनापछि घाइते पतिलाई महिलाले अस्पतालमा भर्ना गराएकि थिइन् । यसपछि सायद त्यहाँको कुनै कर्मचारीले यो फोटो खिचेर भाइरल गरिदिएका हुन् । तस्बिरका अनुसार पुरुषको शल्यक्रिया गर्ने तयारी भइरहेको र उनी आईसीयूको अपरेशन टेबुलमा पल्टिरहेको देख्न सकिन्छ ।

मीडिया रिपोर्टसका अनुसार महिलाले पतिको फोनमा कुनै फोटो वा संकास्पद सम्पर्क नम्बर देखिएको हुन सक्छ र उनले कुनै संकास्पद गतिविधि फेला पारेकि थिइन् । जसका कारण उनले आफ्नो होस गुमाइन् ।