गुठी विद्येयकको विरोधमा राजधानीमा विरोध प्रद्धर्शन


काठमाठौं – सरकारले ल्याएको गुठी विधेयक खारेजीको माग गर्दै काठमाडौंको राजधानीमा विशाल जनप्रदर्शन भएको छ ।

गुठी विद्येयक फिर्ता नभएर खारेज गर्नुपर्नेे माग गर्दै राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको हो । जुलुस माइतीघर मण्डलामा पुगेर केन्द्रीत भएको छ ।

सरकारले मंगलबार विधेयक फिर्ता लिएको बताएपनि सरकारलाई खबरदारी गर्न भन्दै गुठीयारहरुले जनप्रदर्शन गरेका हुन् । उनीहरुले सरकार नेवार संस्कृति मास्न सरकार लागिपरेको समेत आरोप लगाएका छन् ।

गुठी विधेयकको नाममा तलमाथि गरिए आफूहरुलाई मान्य नहुने चेतावनी दिँदै जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका थिए । गुठीयारहरुको विरोध प्रद्धर्शनले राजधानीका विभिन्न सडकमा चल्र्ने सवारी आवगमन अवरुद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement