निवर्तमान गुप्तचर प्रमुख थापाको राहदानी रोक्का सिफारिस हुँदा प्रधानमन्त्री आश्चर्यचकित !

निवर्तमान गुप्तचर प्रमुख थापाको राहदानी रोक्का सिफारिस हुँदा प्रधानमन्त्री आश्चर्यचकित !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी आन्दोलनमा दमन गरेको आरोपमा निवर्तमान प्रधानमन्त्री र गृहमन्त्रीको राहदानी रोक्का गर्दा निवर्तमान गुप्तचर प्रमुख हुतराज थापाको राहदानी रोक्का सिफारिस हुँदा प्रधानमन्त्री सुशीला कार्की आश्चर्यचकित भएकी छन् ।

जेनजी आन्दोलन दमनमा गुप्तचर प्रमुखको कुनै भूमिका हुँदैन । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) ले यथार्थ सूचना संकलन गरेर सरकारलाई जानकारी गराउने भूमिका निर्वाह गर्छ ।

जेनजी आन्दोलनको सूचना समयमै तत्कालीन सरकारलाई दिन नसकेको आरोप थेप्दै आएका तत्कालीन गुप्तचर प्रमुख थापाको राहदानी रोक्का सिफारिस गरिएको छ । यसबारे जानकारी पाएपछि प्रधानमन्त्री कार्की आश्चर्यचकित भएकी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार केही दिनअघि सुरक्षा प्रमुखहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले दमनमा भूमिका नै नहुने अधिकारीको राहदानी रोक्का सिफारिस गरिएकोमा अचम्म मानेकी थिइन् ।

भदौ २३ र २४ गते भएका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्व गुप्तचर प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजालको राहदानी रोक्का राख्न सिफारिस गरेको थियो ।