फाइभ जी रेडी नेटवर्क विस्तारका लागि गरिने तयारीको लागि म्याक्सिस–ह्वावे टेकसिटीको पहल

फाइभ जी रेडी नेटवर्क विस्तारका लागि गरिने तयारीको लागि म्याक्सिस–ह्वावे टेकसिटीको पहल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्वालालम्पुर – टेकसिटी साझेदारी पश्चात म्याक्सिस र ह्वावे मलेसियाले फोरजी नेटवर्कको स्केलिङगरि फाइभ जी विस्तार गर्ने भएको छ ।

म्याक्सिसले ह्वावेसँग ट्रायल गर्नका लागि क्वालालम्पुरको प्रमुख क्षेत्रहरू चयन गर्दा फोरजीको क्षमता र प्रयोगकर्ता अनुभव बढाउने, फाइभ डिप्लोयमेन्टको गति बढाउने र नेटवर्क संसाधनहरूको अप्टिमाइजेसन गर्ने कुरामा ध्यान दिएको छ– यी सबैले स्पेक्ट्रम उपलब्ध भए पश्चात फाइभ डिप्लोयमेन्टको लागि तयारी गर्नेछ ।

टेकसिटी पहल भविष्यमा मलेसियामा मानिसको जीवनमा र व्यवसायमा उत्तम कनेक्टिभिटी अनुभव र जीवनको डिजिटल गुणवत्ता ल्याउन उत्कृष्ट फोरजी र फाइभ जी पूर्वाधार निर्माण गर्न समर्पित छ ।

यस कार्यक्रमद्वारा म्याक्सिसले घनिष्ठ आर एण्ड डी साझेदारी र फाइभ जी अनुप्रयोगहरूको पछिल्लो विकासको पहुँचमार्फत ग्लोबल लिडिङ अपरेटरहरूमा सामेल भएको छ । ह्वावेको टेकसिटी पहिले नै लन्डन, सियोल र टोकियो जस्ता प्रमुख शहरहरूमा शुरू भइसकेको छ ।

म्याक्सिस प्रत्यक्ष नेटवर्कमा अवस्थित प्रयोगकर्ता उपकरणहरूको लागि उच्च नेटवर्क लाभ प्रदान गरेर रेडियो क्षमता बढाउन एफडीडी (फ्रिक्वेन्सी डिभिजन डुप्लेक्स) म्यासिब माइमोको साथ, फोर जी नेटवर्क मा नयाँ रेडियो समाधानको पहिलो परीक्षण गरेको छ । एमआइएमओ परीक्षण सक्रिय भएपछि ट्राफिकको मात्रामा १.४ बृद्धि देखीएको छ ।

म्याक्सिस र ह्वावेले १८०० मेगाहर्ट्ज फ्रिक्वेन्सीमा डाईनामिक स्पेक्ट्रम सेयरिङको उपयोगले एलटीले र नयाँ रेडियो एलएनआरको परीक्षणहरू एकै समयमा सफलतापूर्वकसम्पन्न गरेको छ ।

सब–३ गिगाहर्ट्ज फ्रिक्वेन्सी परीक्षणको लागि यो एशिया प्यासिफिक क्षेत्रको पहिलो अन्वेषण हो जसले म्याक्सिसलाई विद्यमान फोर जी फ्रिक्वेन्सी र उपकरणहरू भविष्यमा फाइभ जी प्रस्ताव गर्न पुनः प्रयोग गर्ने मौका दिन्छ, जसले परम्परागत स्थिर रिफार्मिंगको तुलनामा स्पेक्ट्रम दक्षता १।५ह सम्म बढाउन सक्दछ ।

यो माक्सिस र ह्वावेको आर एण्ड डि टास्क फोर्स बीचको सहकार्यको कारण शेन्जेनमा रहेको ह्वावेको मुख्यालयबाट हासिल भएको हो ।

फाइभ जी टेकसिटी कार्यक्रमको उद्देश्य स्मार्ट समाधानको इकोसिस्टम प्रवर्धन गर्ने हो जुन राष्ट्रको डिजिटल अर्थव्यवस्थाको लागि मुख्य चालक हुनेछ र यसको प्रतिस्पर्धात्मकतालाई उद्योग ४.० को दृष्टिबाट उचाइमा पुर्याउनेछ ।

‘हामी यस कार्यक्रममा एक ग्लोबल प्रविधि नेतृत्वकर्ता र हाम्रो दीर्घकालीन साझेदार ह्वावेको साथ अगाडि बढ्दै जादाखुशी छौं । उनीहरूको अनुभव, विशेषज्ञता र क्षमताहरूले हाम्रो मलेशियाको अग्रज रूपान्तरण समाधान प्रदायक हुने महत्वाकांक्षाका लागिपूरक हुन्छ ।हामी सबै मलेशियनहरूका लागि सिमलेस डिजिटल कनेक्टिभिटी प्रदान गर्न प्रतिबद्ध छौं, जसले देशको जेन्डेला आकांक्षा अनुरुप फाइभ जी टेक्नोलोजी कार्यान्वयनमा स्थिर परिवर्तनको मार्ग देखाउने छ’, म्याक्सिस चीफ टेक्नोलोजी र सूचना अधिकारी मोर्टन ब्यङ्स्गार्डले भने ।

उनले मलेसिया डिजिटल अर्थव्यवस्था निर्माणको लागि अग्रिम आईसीटी नीतिहरूको साथ अगाडि बढिरहेको बताएका छन् ।

‘असाधारण प्रयोगकर्ता अनुभव र नेटवर्क दक्षता प्रदान गरेर एक मजबूत इकोसिस्टम बनाउन टेकसिटीे यात्रा धेरै महत्वपूर्ण छ । हामी म्याक्सिससँग टेकसिटी पहलमा सफलतापूर्वक फाइभ जी समाधानहरू सिर्जना गर्नका लागि काम गर्न पाउँदा खुसी छौं जुन विश्वव्यापी बजारमा दोहोराउनसकिन्छ,’ ह्वावे मलेसियाका सीईओ माइकल युआनले भने ।