ह्वावेले अप्टिकल नेटवर्किंग २.० सोलुसन अपग्रेड गर्दै

ह्वावेले अप्टिकल नेटवर्किंग २.० सोलुसन अपग्रेड गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शेन्जेन – ह्वावेलेआफ्नो ओप्टिकल नेटवकिंग २.० (ओएन २.०) सोलुसन अपग्रेड ह्वावेको ७ औं अप्टिकल नेटवर्क इनोवेशनफोरममा गर्ने भएको छ । जसमा तीव्र गति, नयाँ साइट, नयाँ स्मार्ट ओ एण्ड एम, नयाँ स्किम रहेका छन् ।

यो सोलुसनले अपरेटरहरूलाई इनोभेटिभ सेवाहरू विकास गर्न र फस्टाउन मद्दत गर्ने ह्वावेले जनाएको छ । कोरोना भाइरसको महामारीले गर्दा घरेलु नेटवर्कमा, मनोरन्जनको स्रोतको रूपमा सेवा गर्नदेखि लिएर घरबाट काम गर्ने र सिकाउने तरिकामा चरम परिवर्तन हुने कम्पनीले उल्लेख गरेको छ ।

यसको परिणामस्वरूप प्रयोगकर्ता अनुभवको आवश्यकताहरू उच्च बनाउने बताइएको छ । यसको साथसाथै उद्यम डिजिटलाइजेशनले डिटर्मिनिस्टिक अनुभवका जरुरी आवश्यकता पनि निम्त्याएको छ । उत्कृष्ट र निश्चितप्रयोगकर्ता अनुभवको ग्यारेन्टी गर्न अप्टिकल नेटवर्क महत्वपूर्ण रहेको र २०१९ मा ह्वावेले ओएन २.० सोलुसन जारी गरेको थियो जसले तीन नयाँ प्रविधीहरू प्रस्तुत गर्ने बताइएको छ ।

नयाँ गति, नयाँ साइट, र नयाँ स्मार्ट ओ एण्ड एम जसले एक अनुभव केन्द्रित सेवा प्रसारण नेटवर्क निर्माण गर्ने लक्ष्य राख्ने कम्पनीको विश्वास छ । २०२० मा अल–अप्टिकल नेटवर्क उद्योगको विकासलाई बढावा दिन र अपरेटरहरूलाई उत्कृष्ट सेवाअनुभव प्रदान गर्नको लागि अल–अप्टिकल मेट्रो आर्किटेक्चरहरू निर्माण गर्नह्वावेले आफ्नो ओएन २.० सोलुसन अपग्रेड गरेको छ ।