ह्वावेका सीईओले भनेः उत्पादन लाइसेन्स मात्र होइन, ‘फाइभ जी’ प्रविधिलाई पनि ट्रान्सफर गर्न तयार छौं

ह्वावेका सीईओले भनेः उत्पादन लाइसेन्स मात्र होइन, ‘फाइभ जी’ प्रविधिलाई पनि ट्रान्सफर गर्न तयार छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शेन्जेन – ह्वावेका संस्थापक तथा सीईओ रेन झेंगफेईले ‘खुलानीति’ र आपसी बिकासका लागि व्यापार सहयोगको आह्वान गरेका छन् ।

ताइयुआनमा इन्टेलिजेन्ट माइनिङ इनोभेशन प्रयोगशालाको उद्घाटन समारोहमा ह्वावेका संस्थापक तथा सीईओ रेन झेंगफेईले खुलानीतिद्वारा समर्थन गरिएको विश्वव्यापी व्यापार सहयोगका लागि आफ्नो दृष्टिकोण व्यक्त गरेका छन् ।

खुला व्यापार नीतिले आपसी बिकासलाई सम्भव बनाउने कुरामा अन्तर्निहित विश्वास रहेको भन्दै रेन झेंगफेईले ग्लोबल आईसीटी इकोसिस्टमको विकास गर्नको लागि ह्वावे फाइभ जी टेक्नोलोजी ट्रान्सफर गर्न इच्छुक रहेको बताए ।

खुला व्यापार नीति आह्वान गर्दै रेन झेंगफेईले भने, ‘अमेरिका र चीन दुवैले आफ्नो अर्थतन्त्रको विकास गर्न आवश्यक छ । किनकि यो हाम्रो समाज र वित्तीय सन्तुलनको लागि उत्तम छ । सबैलाई यसको आवश्यक छ । मानवता प्रगति गरिरहँदा कुनै पनि कम्पनीले एक्लै वैश्विक उद्योगको विकास गर्न सक्दैन। यसको लागिविश्वभरि ठोस प्रयासहरूको आवश्यकता छ ।’

विश्वव्यापी रूपमा फाइभ जी को सम्भावित प्रभावको बारेमा चासो देखाउँदै झेंगफेईले भने, ‘हामी अरूलाई उत्पादन लाइसेन्स दिनमात्र होइन, फाइभ जी प्रविधिलाई ट्रान्सफर गर्न पनि तयार छौं । यसले सोर्स कार्यक्रम र सोर्स कोड देखि लिएर सबै गोप्य हार्डवेयर डिजाइन साथसाथै यसका ज्ञान र चिप डिजाइन समावेश गर्ने छ ।’

आधुनिक ग्लोबलाइज्ड उद्योग परनिर्भर छ, जसलाई खुला सप्लाई चेन र भौगोलिक क्षेत्रका कम्पनीहरूबीच सहयोगको आवश्यकता छ । इलेक्ट्रोनिक, सफ्टवेयर र कम्प्युटिङ प्रणालीको प्रयोग वृद्धि गर्न अग्रणी ग्लोबलआईसीटी सोलुसन प्रदायकको रूपमाह्वावेले माइनिङ, पोर्ट, फलामर स्टिल, कोइलाजस्ता विविध उद्योगहरूका लागि प्लेटफार्महरू प्रदान गर्ने कुरामा ध्यान केन्द्रित गर्नेछ ।

यसका ग्राहकहरूलाई उच्च वर्गका उत्पादनहरू र सोलुसनहरू प्रदान गर्नका लागि प्रतिबद्धता जारी राख्दै ह्वावेले टेलिकमबाहेक नवीनता ईन्जिन फायर गर्दै, विश्वभरिबाट १०० भन्दा बढी अनुसन्धान केन्द्र र संयुक्त प्रयोगशालाहरू सन्चालन गरेको छ । जसले गणित, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र सौंदर्य शास्त्र र खानपान उद्योगजस्ता क्षेत्रहरूमा विशेषज्ञता हासिल गरेको छ ।