एजेन्सी – विज्ञहरूले एशिया प्यासिफिकको गरीबी निवारणको लागि ग्रामीण क्षेत्रको डिजिटल कनेक्टिभिटी बढाउन आह्वान गरेका छन् ।
फाइनान्सियल टाइम्स र ह्वावेले संयुक्त आयोजना गरेको ‘स्ट्राटिजीफर अड्रेसिंग द एशिया प्यासिफिक डिजिटल डिभाईड–न्क्रिजिंग कनेक्टिभिटि टु ड्राइभइको नोमिक रिकभरी’ विषयको वेबिनारमा बोल्दै विज्ञहरूले महामारीको समयमा डिजिटल डिभाईड रोक्न र आर्थिक रिकभरीलाई ड्राइभ गर्नका लागि क्रस सेक्टरको सहकार्य आवश्यक रहेका बताएका हुन् ।
ह्वावे एसिया प्रशान्तका प्रमुख डिजिटल अधिकारी माइकल म्याकडोनाल्डले एसिया प्रशान्त डिजिटल रूपान्तरणको लागि गतिशील बजार र युवा जनसंख्यामा आधारित रहेको बताए । उनले डिजिटल पहुँचको महत्वपूर्ण दरारले डिजिटल फाइदाहरूको व्यापक साझेदारीमा बाधा पु¥याउने बताए ।
‘यसको सुरुवात डिजिटल सेवाको निष्पक्ष पहुँचबाट हुन्छ, विशेष गरी कनेक्सन भएकोलाई कनेक्ट गर्दै,’ उनले भने, ‘यस क्षेत्रमा डिजिटल डिभाईडका लागि ह्वावेको प्रमुख तीन स्तम्भहरु आईसीटी कनेक्टिविटी, टेलेन्ट जीवन शक्ति र ग्रीन टेक्नोलोजीलाई सुदृढ गनुपर्छ ।’
शांघाई जिओटोंग विश्वविद्यालयको अन्ताई कलेज अफ इकोनोमिक्स एन्ड मैनेजमेन्टका प्रोफेसर यिनहाइटा ओले आइसीटि सोलुसनको प्रयोगमार्फत आर्थिक विकास र गरिबी निवारण गर्न सहयोग पुर्याउने बताए ।
कर्पोरेट स्थिरताको डोमेनले लामो समयदेखि यस प्रकृतिका परियोजनाहरूलाई आर्थिक रूपमा व्यवहारिक बनाउन चुनौती सामना गरिसकेको छ ।
अविकसित क्षेत्रहरूमा पुग्न र डिजिटल कभरेज सुधार गर्न ह्वावेले २०१७ देखि थाइल्याण्ड र इन्डोनेसियालगायत विश्वभरका स्थानीय अपरेटरहरूसँगै रुरल स्टार कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
यो सोलुसनले पारम्परिक टावरहरूलाई साधारण पोलहरूले प्रतिस्थापित गर्दछ र डिजेल जेनरेटरको शक्तिबाट सौर्य ऊर्जामा परिवर्तन गर्न सक्षम पार्दछ ।
२०२० को अन्तसम्ममा, रुरलस्टार कार्यक्रम ६०भन्दा बढीदेशहरूमा लागूभइसकेको छ भने ५० मिलियन नागरिक यस कार्यक्रमबाट लाभान्वित भएका थिए ।
आईसीटी प्रतिभा अभाव एक प्रमुख क्षेत्र हो, जसले डिजिटल डिभाईड प्रकट गर्दछ । डिजिटल पूर्वाधार पहुँचमा ह्वावे जस्ता विक्रेताहरूको अप्रोचसँग सहमत हुनु बाहेक श्रम अर्को प्रमुख चासो हो ।
सिंगापुर युनिभर्सिटी अफटेक्नोलोजी एन्ड डिजाइन कोलीकुआनयू सेन्टर फर इनोभेटिभ शहरहरूको निर्देशक पूनकिंगवांगले दीर्घकालीन रणनीति र बिभिन्न पुस्ताका मानिसहरुको उन्नतिलाई टेवा पु¥याउने र डिजिटल रुपान्तरणमा श्रमिकको भलाइ सुनिश्चित गर्नका लागि आग्रह गरे ।
एसिया फाउन्डेशनकी निर्देशक सोफिया शाकिलले महिला बेरोजगारीमा महामारीको नकरात्मक प्रभाव र सीप निर्माणमा लगानी गर्नुपर्ने आवश्यकता रहेका बताइन् ।
२०१७ मा ह्वावे, बंगलादेश सरकार र रोबीएजियाटाले संयुक्त रूपमा बंगलादेशको ग्रामीण भागमा महिलामा डिजिटल सीप दिनको लागि डिजिटल ट्रेनिंग बस परियोजना शुरू गरेको थियो । जसमा ६०,०००भन्दा बढी महिलाले अहिलेसम्म प्रशिक्षण लिइसकेका छन् । २०२३ सम्ममा १६०,०००ले यसबाट फाइदा लिन सक्ने उनले बताइन् ।
माइकल म्याकडोनाल्डका अनुसार एपीएसिमा रहेको श्रमघाटा कम गर्न आगामी पाँच बर्षमा ४००,००० बढी डिजिटल हिसाबले स्किल्ड बनाउन आवश्यक छ, जुन ह्वावे शैक्षिक फ्लाग सीप कार्यक्रमहरू जस्तै सीड्सफर द फ्युचर र आसियान एकेडेमी मार्फत हुनेछ ।




प्रतिक्रिया