हुवावेले गर्यो पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक

हुवावेले गर्यो पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – हुवावेले आफ्नो पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । उक्त स्मार्टफोन हुवावेले शुक्रबार आफ्नै कम्पनीको मुख्यालय रहेको चिनियाँ सहर सेन्जेनमा सार्वजनिक गरेको हो ।

हुवावेको फोन विभाग प्रमुखका अनुसार चीनमा फाइभजी लाइसेन्स पाएको पहिलो फोन हो मेट२०एक्स हो ।

यो फोनमा २ वटा सिम प्रयोग हुन्छन् । ४० मेगापिक्सल क्यामेरा भएको यसमा ७‍.२ इन्चको स्क्रिन छ । २५६ गिगाबाइट स्टोरेज क्षमता भएको यो फोनको चिनियाँ बजारमा ६ हजार १९९ चिनियाँ युआन (९१२ अमेरिकी डलर) तोकिएको छ ।