ह्वावे फाइप जीद्वारा नेटवर्क इकुप्मेन्ट सिक्युरिटी असुरेन्स स्किम पास

ह्वावे फाइप जीद्वारा नेटवर्क इकुप्मेन्ट सिक्युरिटी असुरेन्स स्किम पास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शेन्जेन ह्वावेको फाइप जी वायरलेस र कोर नेटवर्क उपकरण फाइप जीले नेटवर्क इक्युपमेन्ट सेक्युरिटी असुरेन्स स्किम पास गरेको छ ।

ह्वावेको फाइप जी वायरलेस र कोर नेटवर्क उपकरण फाइप जी रेन जी नोड बी, फाइपजी कोर यूडीजी, यूडीजीएम, यूएनसी, यूपीसीएफ र एलटीई ईनोब बीले जीएसएमए नेटवर्क इकुप्मेन्ट सेक्युरिटी असुरेन्स स्किम पास गरेको हो ।

जीएसएमए नेटवर्क इकुप्मेन्ट सेक्युरिटी असुरेन्स स्किमले टेलिकम नेटवर्क उपकरणमा उद्योगको विश्वासलाई बढावा दिनुका साथै, यसले उद्योगको लागि व्यावहारिक छनौट बनाउँदछ र सबै क्षेत्रीय बजारहरूको लागि महत्त्वपूर्ण विचार बनाउँदछ, जसले संयुक्त रूपमा थप व्यवस्थित मोबाइल सञ्चार बजारको विकासलाई प्रोत्साहित गरेको छ ।

नेसास एक मानकीकृत साइबर सुरक्षा आँकलन गर्ने तरिका हो, जसलाई जीएसएमए र थ्रीजीपीले प्रमुख वैश्विक अपरेटरहरू, विक्रेताहरू, उद्योग साझेदारहरू र नियामकहरूसँग संयुक्त रूपमा परिभाषित गरेको हो । यसले मोबाइल उद्योग भर सुरक्षाको स्तर सुधार गर्न एक उद्योगव्यापी सुरक्षा आश्वासनका रूपरेखा प्रदान गर्दछ ।

यो एक स्वैच्छिक योजना हो, जसमार्फत नेटवर्क उपकरण विक्रेताहरूले उनीहरूको उत्पादनको विकास र जीवनचक्र प्रकृयालाई विस्तृत सुरक्षा अडिटको अधीनमा राख्छ, जुन वर्तमान सक्रिय नेसास रिलिज र यसको सुरक्षा आवश्यकताहरूमा आधारित छ ।

उद्योगमा व्यापक रूपले स्वीकार गरिएको जीएसएमए नेसासले उक्त उपकरणहरूले स्किम अनुसारको फाइप जी नेटवर्क सुरक्षा र विश्वसनीयता आवश्यकताहरू पूरा गरेको सुनिश्चित गरेको छ । एकीकृत मूल्यांकन प्रक्रियाले खण्डित मूल्यांकन र तिनीहरूको परिणामहरूलाई बेवास्ता गर्दछ, भने दृश्य र मापन परिणामको माध्यमबाट उद्योगमा सुरक्षा संरक्षण स्तरहरूको पारदर्शिता सुधार गर्ने ह्वावेको अपेक्षा छ ।

नेसासले २० मूल्यांकन कोटाहरू ओगटेको छ जसले फाइप जी उत्पादन विकास र उत्पादन लाइफ साइकल प्रक्रियाहरूको लागि सुरक्षा आवश्यकता र मूल्यांकन फ्रेमवोर्कहरू परिभाषित गर्दछ । साथै यसले नेटवर्क उपकरणहरूको सुरक्षा आँकलन गर्न थ्रीजीपीपीद्वारा परिभाषित सुरक्षा परीक्षण केसहरू प्रयोग गर्ने बताइएको छ ।

जीएसएमए नेसास मोबाइल संचारको नेटवर्क सुरक्षा आकलन गर्ने नयाँ विधि हो । फाइप जी युगमा, नेसासले एक मानकीकृत र प्रभावकारी साइबर सुरक्षा मूल्यांकन प्रदान गर्दछ, जसले सञ्चार उद्योगलाई निष्पक्षता सुनिश्चित गर्ने ह्वावेले जनाएको छ ।

ह्वावेले टेक्नोलोजीद्वारा सञ्चालित साइबर सुरक्षामा ध्यान केन्द्रित गरेको जनाएको छ । ‘हामी नेसासलाई पूर्ण समर्थन र सहयोगका साथ स्वागत गर्दछौं । हामी सम्पूर्ण उद्योगलाई संयुक्त रुपमा मोबाइल सञ्चार बजारको विकासको प्रचार गर्नका लागि आमन्त्रित गर्दछौं । फाइप जी इटूई साइबरसेकुरिटी मार्केटिंग’, ह्वावे का प्रमुख डेविन डुआनले भने ।

ह्वावेका लागि साइबर सुरक्षा आश्वासन ह्वावे, ग्राहकहरू, सुपरिवेक्षण अधिकारीहरू र अन्य सरोकारवालाहरू बीच साझा लक्ष्य हो । साइबर सुरक्षामा विश्वास एक प्रमुख वैश्विक चिन्ताको विषय भएको छ किनकि विश्व डिजिटल हुँदै गएको छ ।

१९८७ मा स्थापना भएको ह्वावे सूचना र सञ्चार टेक्नोलोजी (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी ग्लोबल प्रदायक रहेको कम्पनीले जनाएको छ । ह्वावेले नेपालमा २१ वर्षदेखि नेपाल आईसीटी उद्योगमा सेवा गर्दै आएको छ ।