ह्वावेद्वारा अल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटि सोलुसनको शुरुवात


काठमाण्डु – ह्वावेले अल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटि सोलुसनको शुरुवात गरेको छ । संयुक्त राष्ट्र ब्रोडबैंड आयोग र ह्वावेले बेइजिङमा छैठौं अल्ट्रा–ब्रोडब्यान्ड फोरम (यूबीबीएफ २०२०) को अनलाइन संचालन गरेको हो ।

‘इन्टेलिजेन्ट कनेक्टिभिटी, न्यू भ्यालु टुगेदर’ को विषयवस्तुमा रहेर यस वर्षको यूबीबीएफले यस इन्टेलिजेन्ट युगमा कनेक्टिभिटी उद्योगले सामना गरिरहेको चुनौती र अवसरको बारेमा छलफल गरेको ह्वावेले जनाएको छ ।

उक्त कार्यक्रममा ह्वावेका कार्यकारी निर्देशक तथा लगानी समीक्षा बोर्डका अध्यक्ष डेभिड वांगले ‘इन्टेलिजेन्ट संसारको लागि इन्टेलिजेन्ट कनेक्टिभिटीको निर्माण’ विषयमा आफ्ना भनाई राखेका थिए ।

वांगले घर र उद्यम परिदृश्यको लागि पनि ह्वावेको अल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटि सोलुसनस् शुरू गरिएको बताए । उनले यस्ता परिदृश्यहरूको माध्यमबाट होम ब्रोडब्यान्डले अनुभव अर्थव्यवस्थामा प्रवेश गर्ने र उद्योगहरूको डिजिटल रूपान्तरणको प्रक्रियालाई तीब्रता दिने विश्वास व्यक्त गरेका छन् ।

‘विगत ३० बर्षमाह्वावेले ग्राहकवर्ग र साझेदारहरुसंग मिलेर समग्र घरको लागि निर्बाध एआई जीवनको निर्माण गर्न र सबै उद्योगहरुको इन्टेलिजेन्ट अपग्रेडलाई बढवा दिन को लागिकार्य गरिरहेको छ। हाम्रो अन्तिम लक्ष्यभनेकै डिजिटल अर्थव्यवस्था को बृद्धि र मानिसको जीवन सुधार गर्ने हो,’ उनले भने ।

‘5G, अप्टिकल नेटवर्क र IPv6 इन्हान्सड इनोभेसनमा निरन्तर लगानी गरेर आज हामीलेअल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटि सोलुसनस्को शुरुवात गरेका हौं । यी सोलुसनहरुले अल्ट्रा–ब्रोडब्यान्ड नेटवर्कलाई हराभरा र अधिक कुशल बनाउनेछभनेसाथै अधिक इन्टेलिजेन्ट संसार सिर्जना गर्नेछ।यसैगरी, हामी अनुसन्धानमा हाम्रो प्रयासहरू दोब्बर गर्नेछौं, अर्को पुस्ताको नेटवर्क प्रविधिमा अधिक लगानी गर्नेछौं र सबै सरोकारवालाहरूसँग काम गरेर अझै कम–कार्बन, दक्ष र इन्टेलिजेन्ट संसारलाई आकार दिनेछौं ’, उनले थपे ।

प्रतिक्रिया दिनुहोस
Advertisement