एजेन्सी – अमेरिकी डिफेन्स डिपार्टमेन्टले हुवावेसहित २० वटा चिनियाँ फर्महरू चिनियाँ सेनाको स्वामित्वमा रहेको दाबी गरेको छ ।
अमेरिकी मिडियाले सार्वजनिक गरेको सूचीमा हिकविजन, चाइना मोबाइल, चाइना टेलिकम, चाइना मोबाइल र एभआईसी समावेश गरिएको छ । सूचीमा परमाणु उर्जाबाट उड्डयनसम्मका सबै सरकारी स्वामित्वका संस्थानहरू समावेश थिए ।
अमेरिकाले ब्रिटेन लगायतका अन्य देशहरुलाई राष्ट्रिय सुरक्षाको कारण देखाउँदै हुवावेलाई प्रतिबन्ध लगाउने दबाब दिएको छ ।
पेन्टागनले गत महिनाहरूमा दुबै डेमोक्र्याट र रिपब्लिकन पार्टीका सांसदहरूबाट सूची प्रकाशित र अद्यावधिक गर्न दबाब दिएको थियो ।
बीबीसीकाअनुसार अमेरिकी व्यवसाय, लगानीकर्ता र चिनियाँ कम्पनीका अन्य सम्भावित साझेदारहरूले चिनियाँ सेनालाई संवेदनशील टेक्नोलोजी ट्रान्सफर गर्न यस संस्थाले खेल्न सक्ने भूमिकाको बारेमा सूचित गर्न यो सूची प्रकाशित गरिएको हो । यो सूची अझै बढ्न सक्ने आँकलन गरिएको छ ।




प्रतिक्रिया