ह्वावेले २०२० को फोरचुन ग्लोबल ५ सय सूचीमा ४९औं स्थान हासिल गर्‍यो

ह्वावेले २०२० को फोरचुन ग्लोबल ५ सय सूचीमा ४९औं स्थान हासिल गर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकक-  ह्वावेले २०२० को फोरचुन ग्लोबल ५ सय सूचीमा ४९ औं स्थान हासिल गरेको छ। इतिहासमा पहिलो पटक टेलिकम्युनिकेसन जायन्टले शीर्ष ५० भित्र स्थान प्राप्त गरेर लगातार ट्रयाक रेकर्ड जारी राखेको हो ।

२०१९ मा ह्वावेको कुल नाफा ५.६ प्रतिशतले बढेकोर कम्पनीको लगातार भूराजनीतिक समस्याको बाबजुद पनि २०२०को पहिला छ महिनामा राजस्व १३.१ प्रतिशतको दरले बढेको छ । फोरचुन रिपोर्टले बतायो ।

फोरचुन ५सय सूची कम्पनीहरूको राजस्व र नाफामाआधारित छ, जुन कम्पनीहरूको तुलनात्मक आकारमा केन्द्रित रहेर बन्दछ। फोरचुन ५सय रैंकिंग प्रख्यात कम्पनीहरूले प्रयोग गर्ने एक महत्वपूर्ण सूचक बन्न पुगेको छ जुन उनीहरुले आफ्नै बल, आकारर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामापन गर्न प्रयोग गर्दछन्, यो यस्तो विश्वव्यापी अर्थतन्त्रको एक मापदण्डहो जसलेसीमा, राष्ट्रियता र सांस्कृतिक मतभेदहरू पार गर्दछ।

यस वर्षको सुरूवातमा ह्वावेले २०२०को बोस्टन कन्सल्टिङ्ग ग्रुपको ५० सबैभन्दा इनोभेटिभ कम्पनीहरूको सूचीमा छैटौं स्थान ओगटी गत वर्षको तुलनामा ४२ स्थान माथि सरेकोहोेजुन २०१२ मा पहिलो पटक सूचीमा परेदेखि टेक जायन्टका लागि सब भन्दा उच्च श्रेणीको हो।

कोभिड–१९ बिरूद्ध विश्वव्यापी लडाईमा ह्वावेले आफ्नो इनोभेसन प्रयास दोब्बरग¥यो र महामारीको बिरूद्ध लड्न सहयोग गर्नएन्टि–कोभिड–१९ पार्टनर कार्यक्रम शुरू ग¥यो जुन AI, रिमोट अफिस, स्मार्ट हेल्थकेयर र अनलाइन शिक्षामा केन्द्रित छ ।

जटिल बाह्य वातावरणले ग्लोबल भ्यालु चेनमा खुला सहयोग र विश्वासलाई बढि महत्वपूर्ण बनाउँदछ।ह्वावेले ग्राहक र आपूर्तिकर्ताहरुप्रति आफ्नो दायित्वलाई निरन्तरता दिनेर विश्वव्यापी डिजिटल अर्थव्यवस्था र प्राविधिक विकासमारहिरने, अगाडि बढ्ने र योगदान पु¥याउने बाचा गरेको छ ।जुलाईमा २०२० एच१ व्यापार परिणाम घोषणाको दौरान ह्वावेले भन्यो ।

१९८७ मा स्थापना भएको हुवावे सूचना र सञ्चार टेक्नोलोजी (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी ग्लोबल प्रदायक हो । हामी प्रत्येक व्यक्ति, घर र संगठनको लागि पूर्ण रुपमा जडित बौद्धिक संसारको लागि डिजिटल ल्याउन प्रतिबद्ध छौं । हुवावेको उत्पादनहरूको एन्ड टु एन्ड पोर्टफोलियो, समाधान र सेवाहरू दुबै प्रतिस्पर्धी र सुरक्षित छन् ।

इकोसिस्टम साझेदारहरूको साथ खुला सहयोगको माध्यमबाट हामी ग्राहकहरूको लागि स्थायी मूल्य सिर्जना गर्दछौं, सशक्तिकरणमा काम गर्छौं गृह जीवनलाई समृद्ध बनाउछौं र सबै आकृतिहरू र आकारहरूका संगठनहरूमा नवीनतालाई प्रेरणा दिने कार्य गर्छौं । हुवावेमा नवीनताले ग्राहकलाई पहिले श्रेणीमा राख्दछ ।

विश्वलाई अगाडि बढाउने टेक्नोलोजिकल सफलताहरूलाई ध्यानमा राखि हामी मौलिक अनुसन्धानमा ठूलो लगानी गर्छौं । हामीसँग लगभग १९४,००० कर्मचारीहरू छन् र हामी १७० भन्दा बढी देशहरू र क्षेत्रहरूमा कार्यरत भएर विश्वभर तीन अर्ब भन्दा बढी जनताको सेवा गर्दछौं । १९८७ मा स्थापना भएको हुवावे एउटा निजी कम्पनी हो जुन यसका कामदारहरूको स्वामित्वमा छ ।

ह्वावे नेपालमा २१ वर्षदेखि नेपाल आईसीटी उद्योगमा सेवा गर्दै आएको छ । १९९९ देखि ह्वावेले टूजी,थ्रीजी, फाेरजी टेक्नोलोजी र समाधान नेपाल ल्यायो, टेलिकम अपरेटरहरूलाई छिटो सञ्चार नेटवर्क परिचालन गर्न मद्दत पुर्यायो, दुर्गम क्षेत्र सहित, दूरसञ्चार सेवाको गुणस्तर बढाउँदै डिजिटल नेपालको जग निर्माण ग¥यो । नेपालका २८ करोड भन्दा बढी जनसंख्याले ह्वावेको समाधानबाट फाइदा पाइरहेका छन् ।

स्थानीय योगदानमा ह्वावेले नेपालमा विगत २१ बर्षदेखि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १०,०००ं रोजगारी सिर्जना गरेको छ । २०१५ मा ह्वावेले नेपाल सरकार र टेलिकम अपरेटरहरूलाई भूकम्पपछि नेटवर्क पुनः सुधार गर्न मद्दत प¥याएको थियो, टेलिकम्युनिकेसन सहज बनाएर प्रकोप उद्धारमा ठूलो योगदान पु¥याएको थियो ।

ह्वावेले टेलिकम अपरेटरहरूलाई एभरेष्ट बेस क्याम्पमा वायरलेस बेस स्टेसन निर्माण गर्न मद्दत प¥याएको थियो जसको सहयोगले विकट क्षेत्रलाई संचारको माध्यमले बाह्य विश्वमा पूर्ण रूपमा जोड्न मद्दत गर्ने छ ।