काठमाण्डु – आईसीटी, पूर्वाधार र स्मार्ट उपकरणहरूको विश्वव्यापी कम्पनी हुवावे नेपालले पनि नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठ मनाएको छ । यस अवसरमा शुक्रबार आयोजित कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
त्यस अवसरमा हुवावेका नयाँ प्रविधिहरू पनि प्रदर्शन गरिएको थियो ।
हुवावे एआई मोडल अर्थात बोल्न सक्ने र जवाफ दिन सक्ने भर्चुअल मान्छे, जसलाई व्यापार, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न सकिन्छ तथा हुवावे डिजिटल पावर र बीईएसएस समाधानहरू, जसले नेपाललाई स्वच्छ र भरपर्दो ऊर्जातर्फ लैजान सहयोग पुर्याउने प्रविधिहरूको पनि प्रदर्शन गरिएको थियो।
हुवावेको लक्ष्य भनेको नेपाललाई पूर्ण रूपमा जडान भएको, स्मार्ट र हरित देश बनाउनु हो। सन् १९९९ मा नेपालमा स्थापित भएको हुवावे नेपालले डिजिटल क्षेत्रमा शसक्त रुपमा काम गर्दै आएको छ ।






प्रतिक्रिया