ह्वावे क्लाउड एपीएसीको गो टुगेदर ग्रो टुगेदर लिडरशिप शिखर सम्मेलन सम्पन्न

ह्वावे क्लाउड एपीएसीको गो टुगेदर ग्रो टुगेदर लिडरशिप शिखर सम्मेलन सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ह्वावे क्लाउड एपीएसीव्दारा साझेदारको सफलतालाई गति दिन “गो टुगेदर, ग्रो टुगेदर” लिडरशिप शिखर सम्मेलनको आयोजना सम्पन्न भएकाे छ।

ग्लोबल क्लाउड कम्पनीले इन्डोनेसियाको बालीमा २३ देखि २४ फेब्रुअरीसम्म एपीएसी पार्टनर लिडरशिप शिखर सम्मेलन २०२३ को आयोजना गरेर सम्पन्न गरेकाे हाे। ह्वावे क्लाउड एपीएसी आफ्नो साझेदार इकोसिस्टमलाई बलियो बनाउन प्रतिबद्ध छ ।

“गो टुगेदर, ग्रो टुगेदर” भन्ने नाराका साथ यो दुई दिने शिखर सम्मेलन एशिया- प्यासिफिक क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण क्लाउड इकोसिस्टम कार्यक्रम हो, साथै यसको दिगो विकासको अन्तिम लक्ष्य साझेदारको दक्षता निर्माण गरेर साझेदार नेटवर्कलाई व्यापक रूपमा रूपान्तरण गर्नु हो ।

यस बहुप्रतीक्षित शिखर सम्मेलनको मुख्य विशेषताहरू ह्वावे क्लाउड एपीएसीको ह्वावे क्लाउडको रणनीति र २०२३ को लागि अपडेटहरू र गाे क्लाउड र ग्राे क्लाउड नीति सहितको नयाँ साझेदार फ्रेमवर्कको घोषणा थियो जसले पहिलादेखि बलियो रहेको साझेदार इकोसिस्टमलाई अझै बलियो बनाउन खोज्दछ ।

ह्वावे क्लाउडको क्षमता विस्तार गर्न गाे क्लाउड सेवा र सफ्टवेयर साझेदारहरूका लागि ६० मिलियन अमेरिकि डलर लगानी प्रतिबद्ध गरिएको छ किनकि यसले साझेदारीहरू मार्फत प्रभावकारी सहकार्यलाई सक्षम बनाउँदछ । यी घोषणाहरूले ह्वावे क्लाउडको आफ्ना साझेदारहरूमा लगानी गर्ने र यस इकोसिस्टमलाई निरन्तर रूपमा विकास गर्नको लागि दुवै पक्ष सँगै अगाडि बढ्न खोज्ने प्रतिबद्धता देखाउँछन् ।

ह्वावे क्लाउड एपीएसीले शिखर सम्मेलनमा सफल केस स्टडीहरू पनि प्रस्तुत गरिएको थियो । यी केस स्टडीहरू विभिन्न प्रकारका साझेदारहरूका लागि विभिन्न विकास मार्गहरू उपलब्ध गराउन र ह्वावे क्लाउडमा सोलुसन र सेवाहरूको बलियो पोर्टफोलियो सिर्जना गर्न मद्दत गर्ने क्रममा साझेदारहरूलाई प्रेरणा दिने उद्देश्यका लागि थिए ।

यी सोलुसन र सेवाहरूले ह्वावे क्लाउडका ग्राहकहरूका लागि थप भ्यालु अनलक गर्न सक्छन् र कम्पनीका साझेदारहरूलाई उनीहरूको ग्राहक आधार विस्तार गर्न र सेयर्ड व्यापार सफलता प्राप्त गर्न बिक्री वृद्धि गरेर मद्दत गर्न सक्छन् । ह्वावे क्लाउड एपीएसीका अध्यक्ष जेंग छिंग्युनले शिखर सम्मेलनको स्पिकरहरूको विशिष्ट लाइन-अपको नेतृत्व गर्नुभयो र एपीएसीको सबैभन्दा छिटो बढ्ने क्लाउडको रूपमा ह्वावेको महत्वाकांक्षी लक्ष्य राजस्व वृद्धि रहेको घोषणा गरे ।

उनले ह्वावे क्लाउड एपीएसीको इकोसिस्टम साझेदारहरू, जस्तै चाइना मोबाइल इन्टरनेशनल, ओरेन्ज बिजनेस सर्भिस, ह्युमनिका, योनयु र अन्य धेरैलाई पनि मान्यता दिए। हालैका वर्षहरूमा, ह्वावे क्लाउडले यस क्षेत्रमा सकारात्मक प्रगति गरिरहेको छ, उच्च भ्यालुका ग्राहकहरूको संख्या र यसका साझेदारहरूको राजस्वमा उल्लेखनीय वृद्धि गर्दैछ – जसले ह्वावे क्लाउडलाई डिजिटल रूपान्तरण खोज्ने उद्यमहरूका लागि उत्कृष्ट साझेदारहरूमध्ये एक बनाइरहेको छ ।

चीन र मंगोलियाका लागि इन्डोनेसियाका राजदूत एचइ जउहारी ओरटमनगुनले भने, “चीनका ह्वावे जस्ता ठूला टेक्नोलोजी कम्पनीहरू सहित विश्वव्यापी डिजिटल कम्पनीहरूसँगको सहकार्य मार्फत इन्डोनेसियाको डिजिटल रूपान्तरण एजेन्डाको अभिव्यक्त भएको छ” ।

इन्डोनेसिया हाल भूगोल र अन्तरिक्ष क्षेत्र दुवैमा ठोस आइसीटी पूर्वाधार निर्माण गर्न आफ्नो द्रुत मार्गमा छ । एचइ जउहारी ओरटमनगुनले २०४५ सम्ममा १.४३ ट्रिलियन अमेरिकि डलर हासिल गर्ने इन्डोनेसियाको दीर्घकालीन लक्ष्य रहेको छ जसमा आइसीटी क्षेत्रले राष्ट्रिय कूल गार्हस्थ उत्पादनमा २०.७ प्रतिशत सम्मको योगदान गर्ने अपेक्षा राखेका छन् ।

ह्वावे क्लाउडमा रणनीति र उद्योग विकासका अध्यक्ष, जोय हुआंगले किइ ह्वावे क्लाउड ग्लोबल रणनीति अपडेटहरू घोषणा गरे ।

यी रोलआउटहरू ट्रेन्ड अँगाल्ने र यसको बलियो इकोसिस्टमको साथ भिन्नताहरू निर्माण गर्ने ह्वावे क्लाउडको भिजनको अंश हो जसले उद्योगहरूमा डिजिटल ड्राइभ गर्दछ ।

शिखर सम्मेलन चलिरहँदा, ह्वावे क्लाउडमा ग्लोबल इकोसिस्टमका अध्यक्ष केन काङले साझेदार इकोसिस्टमको वर्षौंमा भएको वृद्धि र यस इकोसिस्टमलाई २०२३ मा अझ बढि वृद्धि गर्न ह्वावे क्लाउडका साझेदारहरूलाई महत्त्वपूर्ण रणनीति र फाइदाहरू अनावरण गरे । केनले पहिले ह्वावे मार्केटप्लेस भनेर चिनिने KooGallery को बारेमा पनि सेयर गरे जसले अब फ्लेकजिबल व्यापार मोडेलहरू र पुन: बिक्रीका लागि थप साथै, ह्वावे क्लाउड APAC इकोसिस्टम र साझेदार विकासका उपाध्यक्ष निकोल लुले ह्वावे क्लाउडको नयाँ साझेदार फ्रेमवर्क,गाे क्लाउड र ग्राे क्लाउडको सन्दर्भमा किई घोषणाहरू गरे ।

गाे क्लाउडको सेवा र सफ्टवेयर साझेदारहरूको लागि ह्वावे क्लाउडमा क्षमता र सर्टिफिकेसनहरू निर्माण गर्न सहयोग गर्न ६० मिलियन अमेरिकि डलरको लगानी प्रतिबद्ध गरिएको छ।

निकोलले पाँचवटा अलायन्सहरूको स्थापनाको बारेमा पनि कुरा गर्नुभयो: मिडिया रियलटाइम स्ट्रिमिङ एक्सेलेरेशन, डिजिटल फाइनान्स, मेटाभर्स वेब३.०, इन्टरप्राइज डिजिटल ट्रान्सफर्मेसन र इनोभेसन कनेक्ट । यी गठबन्धनहरूले क्लाउडद्वारा संचालित डिजिटल रूपान्तरणको युगमा साझेदार इकोसिस्टममा बढ्दो फाइदाहरू ल्याउनेछन् ।

ह्वावे क्लाउड चीनमा नम्बर २, थाइल्याण्डमा ३ र एशिया-प्यासिफिकको विकासशील बजारहरूमा नम्बर ४ मा बढेको छ, साथै एशिया प्रशान्त क्षेत्र भरि बलियो उपस्थितिको साथ यस क्षेत्रका शीर्ष ५ अग्रगामीहरू मध्ये सबैभन्दा छिटो बढ्दो क्लाउड प्रदायक बनेको छ ।