ह्वावे डिजिटल नेपाल कनक्लेभ २०२२ मा ह्वावेव्दारा “लाइटिंग अप द फ्यूचर” प्रदर्शनी

ह्वावे डिजिटल नेपाल कनक्लेभ २०२२ मा ह्वावेव्दारा “लाइटिंग अप द फ्यूचर” प्रदर्शनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङले विश्वको जीडिपी २.८ प्रतिशतले घट्यो तर आइसीटी लगानी ५ प्रतिशतले बढेकाे बताए ।  सन् २०२५ सम्ममा विश्वको अर्थतन्त्रको ५० प्रतिशत डिजिटल अर्थतन्त्रमा परिणत हुने अपेक्षा गरिएको समेत बताएका थिए ।

जीवनलाई अझ राम्रो बनाउन, व्यवसायहरूलाई स्मार्ट र समाजलाई थप समावेशी बनाउन मद्दत गर्ने आइसीटी सोलुसनहरू साझेदारी गर्ने लक्ष्यका साथ ह्वावेले आइसीटी फाउन्डेसन नेपाल र ह्वावेद्वारा संयुक्त रूपमा आयोजित ह्वावे डिजिटल नेपाल कनक्लेभमा आफ्नो “लाइटिंग अप द फ्यूचर”  असार ५ गते प्रदर्शनी आयोजना गरेको थियो ।

२ दिने प्रदर्शनीमा सरकार, दूरसञ्चार र समग्र आइसीटी क्षेत्रका ६०० भन्दा बढी अतिथिहरुले अवलोकन गरेका थिए । उक्त प्रदर्शनीलाई पराष्ट्रपति – नन्दकिशोर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री – ज्ञानेन्द्रबहादुर कार्की लगायतकाे सहभागिता रहेकाे थियाे ।

आइसीटी प्रविधिको विश्वव्यापी अडप्सन र नेटवर्कहरू, नेटवर्क फर क्लाउड, ग्रीन आइसीटी , फाइभ जी र यसको प्रयोगका केसहरू, ह्वावेको पब्लिक र हाइब्रिड क्लाउड सोलुसन र ह्वावेको डेटा सेन्टर सोलुसन प्रस्तुतीकरणहरूसित यो आउँदो दशक कस्तो देखिन्छ भन्ने कुरा प्रदर्शनीमा ह्वावेको “इन्टेलिजेन्ट र्वल्ड
२०३०”को भिजनले प्रस्तुत गरेको थियो ।

कनक्लेभमा ह्वावेका ग्लोबल पब्लिक सर्भिस इन्डस्ट्री विशेषज्ञ प्याट्रिक लाओले दिगो वृद्धि हासिल गर्नको लागि डिजिटल रूपान्तरण र प्रयोगकर्ता-केन्द्रितताको आवश्यकता बारे कुरा गरे । उनले ह्वावेको “इन्टेलिजेन्ट-टुइन आर्किटेक्चर” कसरी डिजिटल रूपान्तरणको लागि सक्षमकर्ता हो भनेर प्रदर्शन गरे ।

ह्वावेको “इन्टेलिजेन्ट-टुइन आर्किटेक्चर” क्लाउड एआइ  सोलुसन हो जसले इनोभेटिभ एप्लिकेसनहरूलाई समर्थन गर्न क्लाउड, नेटवर्क, एज र उपकरण मार्फत बनेको सही पूर्वाधारमा जोड दिन्छ ।