शेन्जेन – आज, अग्रणी वैश्विक आईसीटी समाधान प्रदायकको रूपमा, ह्वावेले बेस्ट इनक्लास उत्पादन तथा आफ्नो ग्राहकहरूलाई उत्तम समाधानहरू प्रदान गरिरहेको छ। ह्वावेले २००९ मा फाइभ जी टेक्नोलोजीको अनुसन्धान शुरू गर्यो र २०१९ को अन्त सम्ममा२६,६०० स्ट्यान्डर्ड्को योगदान थृजीपीपीमा पेश गरेको थियो।
ह्वावेका संस्थापक तथा सीईओ रेन झेंगफेईले हालसालै चीनमा ग्लोबल मिडियासँग गरेको अन्तर्वार्तामा कम्पनीले खानी, यातायात, र संगीत जस्ता क्षेत्रहरूमा औद्योगिक फाइभ जी अनुप्रयोगहरूमा नयाँ अवसरहरूको अन्वेषणको मार्ग खुलासा गरे । साथै फाइभ जी युगमा विविध उद्योगहरूको लागि आधारभूत प्लेटफार्महरू प्रदान गर्न यसको नवीनता र कोर व्यवसायमा ह्वावेको निरन्तर ध्यान केन्द्रित गर्ने कुरामा जोड दिए।
आइसीटी समाधान प्रयोग गर्न ह्वावेको ध्यान केन्द्रित गरी लिगेसी उद्योगहरूलाई नवीनतम बनाउन सहयोग गर्दै रेन झेंगफेईले भने, फाइभ जी युगमा व्यवसायहरुलाई कनेक्ट गर्नु नै मुख्य लक्ष्य हो । विभिन्न उद्योगहरूको लागि फाइभ जी अनुप्रयोगहरू भिन्न छन्, तर प्रायः सबै प्रविधिहरू समान हुन्। त्यसैले हाम्रो मुख्य लक्ष्य विभिन्न उद्योगहरूमा इलेक्ट्रोनिक, सफ्टवेयर र कम्पिउटिङ्ग सिस्टमको प्रयोग बढाउनु हो। ”
यस विकासलाई गति दिन ह्वावेको पुरानो प्रतिबद्धता र आधारभूत अनुसन्धान र नवीनतामा लगानी आवश्यक हुनेछ। रेनका अनुसार, ह्वावेले विश्वभर १०० भन्दा बढी अनुसन्धान केन्द्रहरू र संयुक्तल्याबहरू निर्माण गरेको छ, जुन गणित, भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान, र सौंदर्य शास्त्रमा विशेषज्ञ छन्, जसमा स्मार्ट सिटी, अटोनोमस भेहिकल्, स्मार्ट शिक्षा, स्वास्थ्य सेवा, खानी आदिको बढ्दो इकोसिस्टमको लागि फाइभ जी अनुप्रयोगहरू र आईसीटी समाधानहरू विकास गरिरहेको छ ।
यी इनोभेशन ल्याबहरू ग्राहकहरु संग सह(साझेदार छन् जसले अन्तर्दृष्टि र विशेषज्ञता प्रदान गरी उनीहरूको सम्बन्धित उद्योगहरूको आवश्यकता अनुसार अनुसन्धान निर्देशित गर्छन, र इलेक्ट्रोनिक्स टेक्नोलोजीमा ह्वावेको विशेषज्ञताले यी उद्योगहरूको लागि उत्कृष्ट अनुप्रयोग र सेवाहरू विकास गर्न मद्दत गर्दछ।
उद्योगका ग्राहकहरु र साझेदारहरु संग संयुक्त सहयोग अन्तर्गत, ह्वावेले विश्वभरका शहरहरु जस्तै बर्लिन, सियोल, बैंकक र रियादमा फाइभ जी नेटवर्क र डिजिटल कनेक्सननिर्माण गर्न मद्दत गरेको छ। यी नेटवर्कहरूले हाई(एंड उपकरणहरूको लागि निर्बाध कनेक्टिविटी र उच्चतम प्रदर्शनलाई सक्षमपारेर, उद्योगको अग्रणी क्षमताहरू प्रमाणित गरेका छन् ।
युरोपेली दूरसञ्चार मानक संस्थान इटीएसआईका अनुसार कम्पनीले ४,३४८ महत्वपूर्ण फाइभ जी पेटन्टहरुको फ्यामिलिको स्वामित्व पाएको छ, जुनकुल को २०५भन्दा बढी रहेको छ। यसले फाइभ जी पेटन्टको मामलामा सबै भेन्डरहरुमा ह्वावेलाई पहिलो स्थानमा राख्दछ, तथायसको अनुसन्धान र विकास को सम्भावनाहरु र विविध उद्योगहरुमा फाइभ जी को नवीन अनुप्रयोगहरुको एक ठोस आधार निर्माण गर्दछ ।




प्रतिक्रिया