एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार प्रिन्स ह्यारी र मेघान मर्केलको सुरक्षा खर्च नबेहोर्ने बताएका छन् । यसपछि ह्यारी र मेघानले अमेरिकी शहर क्यालिफोर्नियामा बस्ने योजना त्यागेका छन् ।
दुवैले क्यानडाबाट क्यालिफोर्निया आउने योजना बनाएका थिए । तर, अमेरिकी प्रशासनले उनीहरुको सुरक्षा खर्च नउठाउने बताएपछि उनीहरु नआउने भएका छन् ।
राष्ट्रपति ट्रम्पले एक ट्वीटमा भनेका छन्, ‘म बेलायती महारानीको ठूलो प्रशंशक र असल मित्र हु । ह्यारी र मेघानले संयुक्त अधिराज्यको सामाज्य छोडिसकेका छन् । उनीहरु स्थायी रुपमा क्यानडा बस्नेछन्’, उनले अगाडि थपे, ‘यद्यपि उनीहरुले क्यानडा छोडेर अमेरिका आउने मन गरेका छन् । तर अमेरिकाले उनीहरुको खर्च उठाउनेछैन । यो खर्च उनीहरु स्वयंले गर्नुपर्नेछ ।’
ट्रम्पको यो ट्वीटप्रति ह्यारी र मेघानका प्रवक्ताले भनेका छन्, ‘ससेक्सका ड्यूक तथा डचेजको अमेरिकी सरकारसँग सुरक्षा माग्ने कुनै योजना छैन । दुवै पति–पत्नीका लागि एक निजी सुरक्षाको बन्दोबस्ती गरिएको छ ।’
यी दुवैले बेलायतको साम्राज्य छोडेपछि उनीहरुको सुरक्षालाई लिएर कयौ सवाल उठेको छ । दुवैले आफ्नो खर्च स्वयंले उठाउने बताउदै आएका छन् ।
स्काई न्यूजका अनुसार मार्च महिनाको सुरुवातमा क्यानडाले उनीहरुको सुरक्षा खर्चको जिम्मेवारी नलिने स्पष्ट पारिसकेको छ । क्यानडाले सुरक्षा खर्च दिनबाट अस्वीकार गरेको थियो ।
शाही पद छोडेपछि दुवै क्यानडा आएका थिए । उनीहरुसँग उनीहरुको छोरा आर्ची पनि रहेको छ । अब उनीहरु स्वयंले उनीहरुको खर्च बेहोर्नेछन् ।




प्रतिक्रिया