नलगाड र जगदुल्ला हाइड्रोपावर कर्णालीको विकासका लागि अत्यन्तै महत्वपूर्ण : उर्जामन्त्री पुन

नलगाड र जगदुल्ला हाइड्रोपावर कर्णालीको विकासका लागि अत्यन्तै महत्वपूर्ण : उर्जामन्त्री पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले कर्णाली प्रदेशकाका दुई जलाशययुक्त आयोजनाको अनुगमन गरेका छन् । भेरी बबई बहुउद्देश्यीय आयोजनाको शिलान्यासका लागि सोमबार कर्णाली प्रदेश पुगेका मन्त्री पुनले मंगलबार दुई आयोजनाको अनुगमन तथा निरिक्षण गरेका हुन् ।

मन्त्री पुनले जाजरकोटको बारेकोट गाउँपालिका ८ स्थित अँधेरी खोलामा बन्न लागेको नलगाड हाइड्रोपावर र डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको निरिक्षण गरे । जाजरकोटमा बन्न लागेको नलगाड हाइड्रोपावर नेपालको दोस्रो जलाशययुक्त हाइड्रोपावर हो । सुख्खायाममा पनि विद्युत आपूर्ति सहज बनाउनका लागि उक्त परियोजना अघि सारिएको बताइएको छ । जसका लागि बाँध बनाउने र ८ किलोमिटर टनेल बनाउने भएको छ । क्षेत्रीय विकासको सन्तुलन र सुख्खायाममा विद्युत आपूर्ति सहज बनाउनका लागि आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने मन्त्री पुनले बताए ।

कर्णालीको विकट जिल्ला जाजरकोटमा उक्त आयोजना पर्ने भएकाले यसले त्यस क्षेत्रको विकासमा निकै महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । उक्त आयोजनालाई नेवालको उर्जा क्षेत्रमा ब्याट्री ब्यापकको रुपमा लिइएको छ । आयोजनाको लगानी १ खर्ब ३० अर्ब प्रारम्भिक अनुमान गरिएको छ भने आयोजनाको प्रारम्भिक अध्ययन जाइकाले गरिरहेको छ । त्यस्तै, डोल्पामा बन्न लागेको १०६ मेगावाटको जलविद्युत आयोजनाको पनि मन्त्री पुनले अवलोकन गरेका छन् ।

डीपीआरको प्रारम्भिक चरणमा रहेको उक्त आयोजनाको विदुत उत्पादन जनताको जलविद्युत आयोजना अन्तर्गतको कार्यक्रम हो । प्रदेश सरकारले नीति तथा कार्यक्रममा राखेको उक्त आयोजनालाई४ वर्षभित्र पूरा गरिसक्ने लक्ष्य लिइएको छ । जसमा ४९ प्रतशित जनताको लगानी सुनिश्चित हुने मन्त्री पुनले बताए । त्यस्तै, मन्त्री पुनले नलगाढ विद्युत उत्पादनस्थल वरपर बन्ने प्राशासनिक भवनको पनि उद्घाटन मंगलबार गरेका छन् ।

कर्णालीमा पुगेर निकै व्यस्त देखिएका मन्त्री पुनले दुवै आयोजना कर्णालीको विकासका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए । बगेर खेर गएको पानीलाई पैसामा रुपान्तरण गर्ने उद्देशयस्वरुप सरकारले उक्त आयोजनाको काम अघि बढाएको बताइएको छ । दुवै आयोजनाको निरिक्षणपछि मन्त्री पुनले स्थानीय जनताको हकहितका लागि दुवै आयोजना महत्वपूर्ण रहेको भन्दै सहयोगको अपील गरे ।

संविधानले नै प्रत्याभूत गरेको स्थानीय जनताको सा्रेत र साधनको समुचित प्रयोग गर्ने अधिकारलाई मध्यनजर गर्दै सरकारले यसलाई सफल बनाउन लागि परेको मन्त्री पुनको भनाई छ । त्यस्तै, मन्त्री पुनले कर्णालीको आर्थिक वृद्धिदर बढाउन र नेपाल सरकारकै तहमा आर्थिक वृद्धिदर हासिल गर्नका लागि आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।