हाइड्रोपावरमा लगानीकर्ता अनिच्छुक, सरकारी लक्ष्य प्रभावित हुने खतरा 

हाइड्रोपावरमा लगानीकर्ता अनिच्छुक, सरकारी लक्ष्य प्रभावित हुने खतरा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको चासो घटेपछि सरकारको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्रभावित हुने देखिएको छ । 

सूचीकृत कम्पनीको ५ प्रतिशत लाभांश पाउनसमेत लगानीकर्ताले वर्षौ कुर्नपर्ने  र हालसम्ममा निजी हाइड्रो कम्पनीको सम्बन्धमा नीतिगत स्पष्टता नहँुदा लगानीकर्ताको चासो दिन प्रतिदिन घट्दै गएको हो ।

स्वतन्त्र ऊर्जा उत्पादक संघ ९इप्पान०का उपाध्यक्ष कुमार पाण्डेका अनुसार जलविद्युत् कम्पनीले लगानीकर्तालाई रिटर्न दिन नसक्नु नै जलविद्युत्को सेयर घट्नुको प्रमुख कारण हो । 

उनले भने, ‘हाइड्रोपावर कम्पनीहरू निश्चित आम्दानी भएको क्षेत्र हो, यसमा अन्य क्षेत्र जस्तो उल्लेख्य आम्दानी हुँदैन, त्यसमा पनि सरकारले दिने सहुलियत पाएकै छैन, प्राधिकरणले विभिन्न किसिमका पेनाल्टी लगाएकै कारण धेरै जलविद्युत् कम्पनी रुग्ण अवस्थामा हुँदा यसको प्रत्यक्ष प्रभाव दोस्रो बजारमा परेको हो ।’

नेपालको पानी जनताको लगानी, हरेक नेपालीको सेयरमा लगानी भन्दै नारा लगाउँदै आएको सरकारको कमजोर नियमन र स्पष्ट कानुनी व्यवस्था नहुँदा अब आउने जलविद्युत्को सेयरमा लगानी नै नआउने संकेत देखिन थालेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।