काठमाण्डु – गाजास्थित खान युनिसस्थितको एक युरोपेली अस्पतालमा इजरायले गरेको हवाई आक्रमणमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्।
स्थानीय स्रोतहरूका अनुसार इजरायली लडाकु विमानहरूले गाजास्थित अस्पतालमा एकैपटक छ वटा बम खसालेका थिए। ती बमहरू अस्पतालको आँगन र आसपासका क्षेत्रमा खसेका थिए।
इजरायली सेनाले अस्पतालमुनि रहेको हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा आतंककारीहरूलाई लक्षित गरी सटीक हमला गरेको दाबी गरेको छ।
यस आक्रमणमा गाजामा बीबीसीका एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन्। उनको उपचारपछि अवस्था स्थिर रहेको बताइएको छ।
७ अक्टोबर २०२३ मा सुरु भएको इजरायल र हमासबीचको यो द्वन्द्वमा हालसम्म गाजामा ५० हजारभन्दा बढी मानिस मारिएका छन्।
प्रतिक्रिया