आइएस, तालिबानका नेताहरु गिरफ्तार

आइएस, तालिबानका नेताहरु गिरफ्तार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल – अफगानी सेनाले तालिबान र इस्लामिक स्टेट समूहका नेताहरुलाई पूर्वी नानगारहार प्रान्तबाट गिरफ्तार गरेको छ ।

प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोग्यानीका अनुसार आइएस र तालिबानले नियुक्त गरेका दुई जना उप जिल्ला गभर्नरहरु गिरफ्तार भएका हुन् । सेनाले गरेको विशेष अभियानमा आइएसका प्रचार अधिकारी पनि जीवितै पक्राउ परेको प्रवक्ता खोग्यानीले बताए ।

खोग्यानीले नजयान जिल्लामा सेनाले गरेको प्रतिरक्षात्मक कारबाहीमा छ जना थप तालिबान लडाकू मारिएको पनि बताए ।-एएनआई