आईएसआईएसका प्रमुख बग्दादी अमेरिकी सेनाद्धारा मारिए


एजेन्सी – आईएसआईएसका प्रमुख अबु बकर अल बग्दादी मारिएका छन् । अमेरिकाको फक्स न्युजले अमेरिकी सेनाको स्रोतको हवाला दिंदै बग्दादी अमेरिकी सैनिक कारबाहीमा मारिएको दाबी गरेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो समाचारको चांडै घोषणा हुने ट्विटरमा सुचना सार्वजनिक गरेको भोलीपल्ट यस्तो समाचार सार्वजनिक भएका हो । ट्रम्पले नै आईएसआईएसका प्रमुखविरुद्ध गोप्य कार्वाहीको अनुमति दिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

अमेरिकी सेनाले सिरियामा गरेको आक्रमण बग्दादीसहित अन्य उच्च अधिकारीलाई लक्षित थियो । इराकमा अमेरिकाले सद्दाम हुसेनविरुद्ध आक्रमण गरेपछि बग्दादी सक्रिय भएका थिए । कट्टर रूढिवादी धर्मगुरु रहेका उनलाई अमेरिकी सेनाले पक्राउ समेत गरेको थियो । त्यसपछि उनको अलकायदाको नेताका रुपमा उदय भएका थिए ।

इस्लामिक स्टेट स्थापना गरेका बग्दादी धार्मिक राज्य स्थापनाका लागी संघर्षरत थिए । सिरियामा गृहयुद्ध सुरु भएपछि उनी सिरियामा राष्ट्रपति बसार अल असदलाई अपदस्थ गर्ने अभियनामा थिए । आईएसआईएसले विभिन्न देशमा गरेका आक्रमणपछि यो संगठनको संसारभर आलोचना हुंदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement