विश्वकप क्रिकेटः बंगलादेश भर्सेस न्यूजिल्याण्ड, कसले मार्ला बाजि ?


एजेन्सी – एकदिवशीय विश्वकप क्रिकेट (आईसीसी) मा (आज) बुधबार बंगलादेश र न्यूजिल्याण्ड भिड्दैछन् । लण्डनमा हुने खेल नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।

क्राइस्टचर्चमा भएको आतंकबादी हमलापछि न्यूजिल्याण्ड र बंगलादेश पहिलोपल्ट आमने सामने हुनेछन् । त्यस आक्रमणमा भाग्यले बाँचेका बंगलदेशी क्रिकेटरसँगको खेल न्यूजिल्याण्डका खेलाडीका लागि भावनात्मक पनि हुनेछ ।

विश्वकपमा विजयी सुरुवात गरेका दुवै टोलीका लागि लगातारको जित नै मुख्य लक्ष्य हुनेछ । दुवै टोली शानदार लयमा छन् र यो खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

कोलिन मुनरो र मार्टिन गुप्टिल दुवैले अर्धशतकीय पारी खेलेपछि श्रीलंकाबिरुद्धको पहिलो खेल न्युजिल्याण्डले १० विकेटले जितेको थियो । श्रीलंकालाई १ सय ३६ रनमै समेट्न म्याट हेनरी र लुकी फर्गुसनले शानदार बलिङ गरेका थिए ।

दक्षिण अफ्रिकाबिरुद्ध बंगलादेशका शकिव अल हसन र मुसफिकर रहिमको उत्कृष्ट पारी नै जितको आधार बनेको थियो । ३ सय ३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३ सय ९ रनमै समेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement