विश्वकप क्रिकेटः आज श्रीलंका र बंगलादेश भिड्दै


एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट (आईसीसी)मा (आज) मंगलबार श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।यो खेल ब्रिस्टोलको काउन्टी मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।

बंगलादेश र श्रीलंका दुवै कठिन स्थितिमा छन् । उनीहरुले आफ्नो पहिलो तीनमध्ये एक खेल जितेका छन् । र, अर्को चरणको सम्भावना जीवितै राख्न उनीहरुले बाँकी ६ मध्ये कम्तिमा ५ खेल जित्नैपर्ने हुन्छ ।

बंगलादेशको तुलनामा श्रीलंका केही सहज अवस्थामा भने पक्कै छ । एक जितका साथसाथै पाकिस्तानविरुद्धको खेल वर्षाले रद्ध भएपछि अतिरिक्त अंक पनि श्रीलंकाको खातामा छ ।

श्रीलंकाले न्युजिल्याण्डबिरुद्ध लज्जास्पद पराजय ब्यहोरेको थियो । अफगानिस्तानबिरुद्ध उसले २ अंक त हासिल गरेको हो तर, उसको ब्याटिङ पंक्तिको असफलता भने निराकरण भएन । नसवान प्रदीप र लसिथ मालिंगाले उत्कृष्ट प्रदर्शन गरेपछि उसले अफगानिस्तानलाई हराएको हो ।

अभ्यासका क्रमममा दाहिने हातको कान्छी औंलामा चोट लागेपछि नुवान प्रदीपले बंगलादेशबिरुद्ध नखेल्ने सम्भावना बढेको छ । उनको अनुपस्थिति श्रीलंकाका लागि महंगो पर्न सक्छ, जसले २० एकदिवशीय खेलमा ३३५ रन र २० विकेट चड्काएका छन् ।

बंगलादेशलाई विश्वकपमा आफ्नो सुरुआतीमा गर्व छ । उसले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । तर, त्यसयताका दुई खेलमा उसले जितका लागि संघर्षमा असफल भएको छ ।

घरेलु टोली इंग्लयाण्डसँग १ सय ६ रनको पराजय ब्यहोर्नुअघिको खेलमा बंगलादेश न्युजिल्याण्डसँग २ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement