विश्वकप क्रिकेटः अस्ट्रेलिया र भारत भिड्दै


एजेन्सी – एकदिवसीय विश्वकप क्रिकेट (आईसीसी)मा आज (आइतबार) साविक विजेता अस्ट्रेलिया र भारत आमने सामने हुँदैछन् ।

विश्वकपको १४औं खेल द ओभलमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ ।

अष्ट्रेलियाली टोली विश्व क्रिकेटमा आक्रामक छबिका लागि चिनिन्छ । उसले वेष्ट इण्डिजविरुद्ध बिहीबार भएको खेलमा पनि यस्तै पुनरागमनसहितको सानदार प्रदर्शन गर्न सफल भयो ।

नाथान कल्टर नाइल, जसको एकदिवशीय औषत बिहीबार अघिसम्म १२.८३ थियो, उनले ६० बलमा ९२ रनको विष्फोटक पारी खेलेपछि ३८र४ को दयनीय स्थितिमा रहेको अष्ट्रेलियाले एकाएक सुरक्षित अवस्थामा पुगेको थियो । उनीसँगै स्टिभ स्मिथ र एलेक्स क्यारीले पनि उल्लेख्य योगदान गरेका थिए ।

त्यसपछि विश्वकपको गएको संस्करणका उत्कृष्ट खेलाडी मिचेल स्टार्कले ५ विकेटका साथ डटेर जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिज धरापमा परेको थियो । अष्ट्रेलियाले त्यस खेलमा १५ रनको जित निकालेको हो ।

अब अष्ट्रेलिया त्यस्तो प्रतिस्पर्धीसँग आमने सामने हुँदैछ जसले यसै वर्षको सुरुवातमा सानदार एकदिवशीय श्रृंखला पूरा गरेको थियो ।

यता भारत पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध सहज जित हासिल गरेपछि अधिक आत्मविश्वासी देखिन्छ । दक्षिण अफ्रिकाका ५ ब्याट्सम्यानलाई पेविलियन पठाएका कुलदीप यादव र युजवेन्द्र चहल नै आइतबार अष्ट्रेलियाविरुद्ध निर्णायक बन्न सक्नेछन् । रोहित शर्माले एकल प्रयासमा भारतीय टिमले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

तर, आइतबार चौथो नम्बरका केएल राहुलको प्रदर्शन टिमको ब्यवस्थापनका लागि अहम् हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement