विश्वकप क्रिकेटः आजको खेलमा दक्षिण अफ्रिका र वेस्ट इण्डिज भिड्दै


काठमाडौं – एकदिवसीय विश्वकप क्रिकेटको (आईसीसी) आजको खेलमा दक्षिण अफ्रिका र वेस्ट इण्डिज भिड्दै छन् । खेल साउथह्याम्स्टनमा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरू हुनेछ ।

जारी विश्वकपमा ३ खेल खेलेको दक्षिण अफ्रिकाले सबै खेल गुमाएको छ भने २ खेल खेलेको वेस्ट इण्डिजले १ जित र १ पराजय भोगेको छ । वेस्ट इण्डिजले यसअघि अस्ट्रेलियासँग पराजय र पाकिस्तानमाथि जित निकालेको थियाे । त्यस्तै दक्षिण अफ्रिकाले भारत, बंगलादेश र इङ्ग्ल्याण्डसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement