विश्वकप क्रिकेटः आज भारत र पाकिस्तान भिड्दै


एजेन्सी – विश्वकप क्रिकेट (आईसीसी) मा विराट कोेहलीको नेतृत्वमा रहेको भारत र पाकिस्तानबीच आज प्रतिस्पर्धा हुँदैछ । म्यानचेस्टरको मैदानमा हुने यस खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।

गएको फेब्रुअरीमा भारत प्रशाशित कास्मिरमा आतंकबादी हमलामा ४० भारतीय सैनिकको मृत्यु भएपछि भारत पाकिस्तान तनावले झण्डै युद्धको रुप लिएको थियो । क्रिकेटको मैदानमा लामो समययता यी दुईबीचको खेललाई युद्धकै रुपमा तुलना गरिन्छ ।

सन् २००८ को मुम्बई हमलामा पाकिस्तानको संग्लग्नता आरोप लगाउँदै भारतले क्रिकेटमा द्वीपक्षीय सम्बन्ध तोडेको थियो । सन् २०१२–१३ मा एकदिवशीय र ट्वान्टी २० श्रृंखलाका लागि पाकिस्तानले भारतको भ्रमण गरेको थियो । भारत र पाकिस्तान अन्तर्रा्िष्ट्रय प्रतियोगितामा मात्र आमने सामने हुँदै आएका छन् ।

प्रतियोगिताको सुरुआती दुई खेलमा दक्षिण अफ्रिका र अष्ट्रेलियाबिरुद्ध भारतीय पक्षको प्रदर्शन सबै क्षेत्रमा उत्कृष्ट थियो । तर, शिखर धवनको अनुपस्थिति र पाकिस्तानी फाष्ट बलर मोहम्मद अमिरको सानदार लयका कारण भारतीय ओपनिङमा सहज नहुन सक्छ ।

भारतको सुरुआत रोहित शर्मासँग केएल राहुलले गर्नेछन् । तर, खाली रहेको चौथो नम्बरमा दिनेश कार्तिक या विजय शंकरलाई जिम्मा दिनेबारे निर्णय भइनसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement