आइसिसी क्रिकेट : पकिस्तान र अफगानिस्तानबीचको खेलमा समर्थकबीच कुटाकुट


एजेन्सी – शनिबार भएको पाकिस्तान र अफगानिस्तानबीचको आइसिसी विश्वकप क्रिकेटको खेलका दौरान समर्थकबीच कुटाकुट भएको छ ।

अफगानिस्तानले ब्याटिङ गरिरहदा समर्थकबीच झगडा भएको बताइएको छ । दुई देशका समर्थकबीच मैदान बाहिर हात हालाहाल भएको थियो ।

झगडा भएको भिडियो सोसल मिडियामा भाइरल भएरहेका छन, जहाँ दुई देशका समर्थक हात हालाहाल गरिएको देखिएको छ भने एकअर्कालाई गाली गरिरहेको पनि सुनिएको छ ।

दुई देशका समर्थकबीच भएको भिडन्तमा कम्तिमा २ समर्थक घाइते भएको बीबीसीले जनाएको छ । घटना भने लर्ड्स मैदान बाहिर भएको थियो ।

आइसिसीले भने घटना रंगशाला बाहिर भएकाले आफूले छानविन गर्न नमिल्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement