विश्वकप क्रिकेटः न्यूजिल्याण्डको लगातार दोस्रो जित


एजेन्सी – आईसीसी विश्वकपमा न्यूजिल्याण्डले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा श्रीलंकालाई हराएको न्यूजिल्याण्डले दोस्रो खेलमा बंगलादेशलाई दुई विकेटले हराउँदै दास्रो जित हात पारेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ४९.२ ओभरमा २४४ रन बनाएको थियो । उसका लागि शकिव अल हसनले ६४ रनको योगदान दिएका थिए भने अन्य खेलाडीको प्रदर्शन खराब रह्यो ।

बलिङतर्फ म्याट हेनरीले चार विकेट लिए भने ट्रेन्ट बोल्टले दुई विकेट लिए । २४५ रनको लक्ष्य ४७।१ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्‍यो । न्यूजिल्याण्डको इनिङमा रोश टेलरले सर्वा्धिक ८२ रनको योगदान दिए भने केन विलियमसनले ४० रन बनाए ।

बलिङमा बंगलादेशका मेहदी हसन, शकिब अल हसन, मोहम्मद साइफुदिन र मोसादेक हुसेनले दुई–दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement