विश्वकप क्रिकेट : श्रीलंकालाई हराउँदै भारत शीर्ष स्थानमा


एजेन्सी – एकदिवसीय विश्वकप क्रिकेट (आईसीसी)को अन्तिम खेलमा भारतले श्रीलंकालाई सात विकेटले हराएको छ ।

शनिबार राति भएको खेलमा रोहित शर्माको कीर्तिमानी शतकसँगै श्रीलंकाविरुद्ध भारतले सानदार प्रदर्शन गरको थियो ।

दुई सय ६५ रनको विजय लक्ष्य पछ्याएको भारतले ४३.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूूरा गरेको थियो । भारतको जितमा रोहित शर्माले शतकीय पारी खेले ।

रोहितको यो एकै विश्वकपमा कीर्तिमानी पाँचौ शतक हो । केएल राहुलले पनि शतक प्रहार गरे । रोहितले एक सय ३ रन बनाए । के एल राहुलले एक सय ११ रन बनाए ।

कप्तान विराट कोहलीले अविजित ३४ रन बनाए । श्रीलंकाका लाथिस मालिङ्गा, कासन राजिथा र इसुरु उडानाले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ६४ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement