आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताः भारतसंग पाकिस्तान ८९ रनले पराजित


काठमाडौं– इंग्ल्याण्डमा जारी १२ औं आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको छ । पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको उक्त खेलमा भारतले ३३६ रन बनाएको थियो । भारतका लागी सवैभन्दा बढी रोहित शर्माले ११३ बलमा १४० रन बनाएका थिए । कप्तान विराट कोलीले ७७ रनको योगदान दिए ।

पाकिस्तानलाई जीतका लागि ३३७ रनको लक्ष्य थियो तर जब खेल जारी रहंदा पानी पर्यो त्यसपछि डकवर्थ लुइस नियमका आधारमा जितका लागि ४० ओभरमा ३०२ रनको लक्ष्य पाकिस्तानले पाएको थियो । तर, पाकिस्तानले ६ विकेट गुमाएर २१२ रन मात्र जोड्न सफल भयो । पाकिस्तानका लागी फखर जमानले ६२ र बबर अजामले ४८ रनको योगदान दिए ।
भारतका बलरहरुले खेलमा सानदार प्रदर्शन गरेका थिए । भारतका बलर कुलदिप यादव र भि शंकरले दुई–दुई विकेट लिए । खेलमा म्यान अफ द म्याच रोहित शर्मा भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement