विश्वकप क्रिकेटः आज पाकिस्तान र श्रीलंका भिड्दै


एजेन्सी – एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत आज पाकिस्तान र श्रीलंका आमने सामने हुँदैछन् ।

यो खेल इंग्ल्याण्डको ब्रिस्टोल काउन्टी मैदानमा नेपाली समयअनुसार शुक्रबार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । ब्याटिङमा आश्चर्यजनक असफलताका बाबजुद श्रीलंकाले पछिल्लो खेलमा अफगानिस्तानलाई माथ दिएको थियो । त्यस खेलमा श्रीलंकाली टोली ९२–० को स्थितिबाट २०१ मा अलआउट भएको थियो ।

अफगानिस्तानविरुद्धको जितले सुरुआती खेलमा न्यूजिल्याण्डसँग ब्यहोरेको १० विकेटको हारबाट श्रीलंकाले राहत पाएको हो । दिमुथ करुणारत्नेको नेतृत्वमा रहेको टोली आफ्नो ब्याटिङ असफलताको भयबाट सावधान हुनुपर्नेछ । अफगानिस्तानविरुद्ध उसका मध्यक्रमका ४ ब्याट्सम्यान ५ रनको अन्तरमा पेविलियन फर्केका थिए ।

घरेलु टोली इंग्ल्याण्डबिरुद्ध १४ रनको रोमान्चक जित हासिल गरेर मनोबल उच्च बनाएपछि म्यान अफ द म्याच मोहम्मद अफिजले यस जितलाई ‘पूरा टिमको प्रयास’ भनेका थिए । वेष्ट इण्डिजबिरुद्धको खेलमा १ सय ५ रनमै समेटिएको पाकिस्तानको ब्याटिङपंक्तिले इंग्ल्याण्डविरुद्ध ३४८ रनको ठूलो योगफल बनाएको थियो ।

पाकिस्तानले पछिल्लो ११ एकदिवशीय अन्तर्रा्ष्ट्रिय खेलमा पहिलो जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement