आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपालको स्थान यथावत्

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपालको स्थान यथावत्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औं स्थानमा यथावत् छ ।

वरीयतामा पाकिस्तान र बङ्गलादेशले मात्रै सुधार गरेका छन् । पाकिस्तान चौथो स्थानमा उक्लिएको छ । यसअघि पाकिस्तान पाँचौं स्थानमा थियो । श्रीलङ्का भने एक स्थान तल झर्दै पाँचौं स्थानमा पुगेको छ ।

बङ्गलादेश एक स्थान सुधार गर्दै नवौं स्थानमा आइपुगेको छ । वेस्ट इन्डिज भने १०औं स्थानमा झरेको छ । अन्य टोली १६ टोली वरीयतामा यथास्थानमा छन् ।

पहिलो, दोस्रो र तेस्रो स्थानमा क्रमशः भारत, न्यूजील्याण्ड र अष्ट्रेलिया छन् ।