काठमाण्डु- इटाली र नेदरल्यान्ड्सले भारत र श्रीलंका संयुक्त रूपमा आयोजना हुने आइसिसी मेन्स टी-२० विश्वकप २०२६ मा स्थान बनाएका छन्।
इटाली पहिलोपल्ट आइसिसी विश्वकप क्रिकेटमा छनोट भएको हो। आइसिसी पुरुष टी-२० विश्वकप २०२६ युरोप क्वालिफायरको दुई महत्त्वपूर्ण खेलमध्ये एक प्रतिस्पर्धामा इटाली र नेदरल्यान्ड्सबीच स्विट्जरल्यान्डको हगमा भेट भएको थियो।
उक्त खेलमा नेदरल्यान्ड्सले इटालीको ९ विकेटले पराजित गर्यो। तर, पनि छनोटको शीर्ष दुईमा रहँदै इटाली विश्वकपमा स्थान बनाउन सफल भयो। अर्को एसोसिएट राष्ट्र जर्सीले पनि स्कटल्यान्डमाथि ऐतिहासिक जित निकालेको थियो। तर, त्यो सफलताका बाबजुद जर्सी विश्वकपमा स्थान बनाउन असफल भयो। अन्तिम बल मार्फत जर्सीले स्कटल्यान्डलाई एक विकेटले हराएको हो।
यही हारका कारण स्कटल्यान्ड चारमध्ये पहिलोपल्ट पुरुष टी-२० विश्वकपबाट बाहिरिनुपर्यो। इटाली र जर्सी दुवैले समान पाँच अंक बटुलेका थिए। तर इटालीले नेट रनरेटको आधारमा विश्वकपमा स्थान बनाएको हो। अहिलेसम्म १५ राष्ट्रले पुरुष टी-२० विश्वकप २०२६ को यात्रा तय गरिसकेका छन्।
आइसिसी पुरुष टी-२० विश्वकप २०२६ पूर्व एसिया प्रशान्त क्वालिफायरबाट तीन टोलीले भारत र श्रीलंकाको लागि यात्रा तय गर्नेछन्। अफ्रिकाबाट थप दुई टोली गरी कुल २० राष्ट्रले टी-२० विश्वकपमा स्थान बनाउनेछन्।




प्रतिक्रिया