काठमाण्डु – आईसीसी महिला च्यालेन्ज ट्रफीको आफ्नो दोस्रो खेलमा नेपालले आइतबार इटालीसँग खेल्दैछ । यो खेल बेलुकी पौने ५ बजे रुवान्डामा शुरु हुनेछ ।
पहिलो खेलमा नेपाल शनिबार अमेरिकासँग ४४ रनले पराजित भएको थियो ।
च्यालेन्ज ट्रफीमा अमेरिकाबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपबाट इटाली, पूर्वी एसियाबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा सहभागी छन्।
यसपछि नेपाली टोली बुधबार रुवान्डासँग, शुक्रबार भानुआटुसँग र आइतबार अमेरिकासँग खेल्ने तालिका छ।
यसैगरी अप्रिल २८ मा रुवान्डासँग, ३० मा भानुआटासँग र अन्तिम खेल मे १ मा इटालीसँग खेल्ने तालिका छ।
च्यालेन्ज ट्रफी प्रतियोगिता आगामी मे १ सम्म रुवान्डामा चल्नेछ। शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । प्रतियोगिता मे १ तारिख अर्थात् वैशाख १८ गतेसम्म चल्नेछ ।




प्रतिक्रिया