आईसीसी विश्वकप क्रिकेटः नेपाली बलर चम्किँदा अमेरिका १ सय ९५ रनमा रोकियो

आईसीसी विश्वकप क्रिकेटः नेपाली बलर चम्किँदा अमेरिका १ सय ९५ रनमा रोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू, २ जेठ– त्रिवि क्रिकेट मैदानमा शनिबार भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजमा नेपाललाई अमेरिकाले १ सय ९६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिका ४३ ओभर ३ बलमा १ सय ९५ रनमा समेटियो ।

अमेरिकाका लागि ओपनर स्मित पटेलले ८९ बलमा ८ चौका र ३ छक्काको मद्धतमा सर्वाधिक ८४ रन जोडे ।


स्मितले शेहान जयसुरियासँग दोस्रो विकेटका लागि शतकीय साझेदारी गरे । शेहान ५२ बलमा ५० रनमा आउट भए । पुरै खेल अवधिभर नेपाली बलर अमेरिकी ब्याटरमाथि हाबी रहे ।


मिलिन्द कुमार २८, कप्तान साइतेजा मुक्कामल्ला ४, शायन जहाँगीर ६, शुभम रञ्जाने २, सञ्जय कृष्णमूर्ति १, हर्मित सिंह १४, मोहम्मद मोहसिन र नोसथुस केन्जिगे शून्य रनमा आउट भए ।

शौरभ नेत्रभाल्कर शून्य रनमा अविजित रहे ।