काठमाण्डु – आईसीसी विश्वकप क्रिकेट लिग-२ शृङ्खला अन्तर्गत नेपालले शुक्रबार अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा सुरु हुँदैछ ।
नेपालमा भइरहेको लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् ।
घरेलु मैदानमा जारी श्रृङ्खलाको यो अन्तिम खेल हो । पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डिएलएस पद्धतिमा २ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले तथा स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।
अंक तालिकामा अमेरिका २७ खेलबाट ३८ अंकसहित शीर्षस्थानमा छ भने नेपाल २७ खेलमा २२ अंकसहित पाँचौँ स्थानमा छ ।
एकदिवसीय प्रतियोगितामा हालसम्म नेपाल र अमेरिका १२ पटक खेलेका छन् । नेपाल ५ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । एउटा खेल टाई भएको छ ।




प्रतिक्रिया