आईसीसी विश्वकप लिग-२ : अमेरिकाविरुद्ध नेपाल ब्याटिङ गर्दै

आईसीसी विश्वकप लिग-२ : अमेरिकाविरुद्ध नेपाल ब्याटिङ गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत शनिबार नेपालले शीर्ष स्थानमा रहेको अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ।

दुबईस्थित आईसीसीए मैदानमा हुने यो खेलमा अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने भएको छ भने नेपालले ब्याटिङ गर्ने भएको छ।

खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुँदैछ । नेपालका लागि यो खेल अंक तालिकामा स्थिति सुधार गर्न निकै महत्त्वपूर्ण हुनेछ।

आजको खेल नेपालका लागि निकै चुनौतीपूर्ण देखिन्छ। हालसम्म २२ खेल खेलेको अमेरिका १६ जित र ६ हारसहित ३२ अंक जोडेर अंक तालिकाको पहिलो स्थानमा छ।

अमेरिकाले आफ्ना पछिल्ला पाँचमध्ये चार खेलमा जित हासिल गरेको छ। नेपालको प्रदर्शन भने उतारचढावपूर्ण छ। पछिल्ला पाँच खेलमा नेपालले दुईमा जित हासिल गरेको छ भने तीनमा हार भोगेको छ।