काठमाडौँ- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) प्रमुखमा लिउ हाइक्सिङ नियुक्त भएका छन्। हाइक्सिङ पार्टीको केन्द्रीय समिति सदस्य तथा अनुभवी कूटनीतिज्ञ हुन्।
यसअघि विभाग प्रमुख रहेका लिउ जियानचाओ अनुशासन उल्लंघनको आरोपमा निलम्बनमा परेपछि उनी गत जुलाईयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। अन्तर्राष्ट्रिय मिडियाका अनुसार जियानचाओ हाल जेलमा रहेका छन्।
नयाँ जिम्मेवारीमा आएका हाइक्सिङ चीनको राष्ट्रिय सुरक्षा आयोगका उप–निर्देशक समेत हुन्। उनले वेइजिङको परराष्ट्र अध्ययन विश्वविद्यालयमा अध्ययन गरेका थिए र सन् १९८५ मा विदेश मन्त्रालयमार्फत् कूटनीतिक सेवामा प्रवेश गरेका थिए।
उनले फ्रान्स, संयुक्त राष्ट्रसंघ र विदेश मन्त्रालयका विभिन्न विभागमा काम गरेका थिए। सन् २०१५ मा हाइक्सिङ सहायक विदेश मन्त्री बनेका थिए। उनका बुवा पनि वरिष्ठ राजनीतिज्ञ थिए।
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग (IDCPC) चीनको अत्यन्त संवेदनशील र महत्वपूर्ण निकाय मानिन्छ। यस विभागले विभिन्न देशका राजनीतिक दलहरूसँगको सम्बन्ध व्यवस्थापन गर्ने मात्र होइन, चीनको विश्वव्यापी राजनीतिक प्रभाव विस्तारमा पनि ठुलो भूमिका खेल्ने गरेको छ।




प्रतिक्रिया