के बकर इदमा पशु ‘कुर्बान’ गर्ने परम्परा छ ?

के बकर इदमा पशु ‘कुर्बान’ गर्ने परम्परा छ ?


काठमाण्डु-इस्लाम धर्मावलम्बीहरूको पर्व ‘ईद अल–अज्हा’ अर्थात् ‘बलिको पर्व’ आइतवार मनाइँदै छ । पैगम्बर इब्राहिम आफ्नै छोराको बलिदान दिन तत्पर भएको प्रसङ्गको स्मरण गर्न यो पर्व मनाउन थालिएको हो । इब्राहिमलाई इसाई र यहुदी धर्ममा अब्राहम भनिन्छ ।

पैगम्बर इब्राहिमले सपनामा अल्लाहबाट आफ्ना छोरा इस्माइलको बलि दिन आदेश पाएको ठानिन्छ । त्यो कुरा इस्माइललाई सुनाउँदा उनी त्यसका लागि तयार भए र आफ्ना बुवालाई त्यसको पालना गर्न आग्रह गरे । इब्राहिमले छोराको बलि दिनै लाग्दा अल्लाहले रोके अनि इस्माइलको साटो बलि दिन भन्दै एउटा भेडा दिए ।

विश्वका विभिन्न स्थानमा मुस्लिमहरू विभिन्न प्रकारका घरपालुवा जनावरको बलि दिन्छन् । आर्थिक क्षमता बलिया भएका मानिसहरूले बलि चढाउनैपर्ने प्रचलन मुस्लिम समुदायमा छ ।

अरू मुख्य धर्ममा पशुबलिबारे कस्तो परम्परा छ ? यहाँ हिन्दू, यहुदी र इसाईहरूको प्रचलनबारे चर्चा गरिएको छ ।

यहुदी धर्मग्रन्थहरूमा विभिन्न प्रकारका बलिबारे चर्चा उल्लेख गरिएको अनि कुन बलि कहाँ र कहिले दिने भन्ने निर्दिष्ट गरिएको यूकेस्थित  र्‍याबाइ ग्यारी सोमर्स बताउँछन् ।

‘तर हिजोआज हामी ती बलिहरू दिँदैनौँ किनभने तोकिएका मन्दिरहरू अस्तित्वमा छैनन् । बरु हामी प्रार्थना गरेर बलिदानको सम्झना गर्छौँ,’ उनी भन्छन् ।

अमेरिकन जूइश यूनिभर्सिटीका उपाध्यक्ष  र्‍याबाइ डा. ब्र्याड्ली शभिट आर्ट्सन पशुबलिको परम्परा कसरी भङ्ग भयो भन्ने बताउँछन् । ‘रोमनहरूले सेकन्ड टेम्पल ध्वस्त पारेपछि यहुदी धर्ममा पशुबलिलाई मान्यता दिन छोडियो । धेरैलाई अहिले यसमाथि पूर्ण प्रतिबन्ध लागेको छ भन्ने लाग्छ भने कसैकसैलाई मसिहाको आगमन भएपछि उक्त परम्परा बिउँताइन्छ भन्ने लाग्छ ।’

उक्त धार्मिक स्थलले टेम्पल माउन्टतिर सङ्केत गर्छन् । जेरुसलेमको ओल्ड टाउनस्थित उक्त ठाउँमा अहिले अल–अक्सा मस्जिद छ ।

यहुदीहरू त्यहाँ फेरि मन्दिर बनाउन चाहन्छन् । त्यहाँ मन्दिर बनेपछि पशुबलिको परम्परा बिउँत्याउन सकिने उनीहरूको धारणा छ । मन्दिर नभएकाले अधिकांश यहुदीहरूले पशुबलि नदिएपछि जेरुसलेममा बसोबास गर्ने सम्यारिटनजस्ता समुदायहरूले अझै ‘पासओभर’का बेला पशुबलि दिन्छन् । अरूले बलि दिने पशुबराबरको पैसा दान दिन सक्छन् ।

भेडा, भैँसी, गाई वा बाख्रा जेको बलि दिने भए पनि उक्त पशु ‘कोशर’ अर्थात् बलि दिन योग्य हुनुपर्ने बताइन्छ । इतिहासबारे चर्चा गर्दै डा. आर्ट्सन भन्छन्, ‘केवल कोशर पशुहरूको बलि दिन पाइन्थ्यो। तीमध्ये केहीलाई बलिवेदीमा जलाइन्थ्यो, केही पुजारीका परिवारलाई दिइन्थ्यो र केही चाहिँ दाता र तिनका परिवारलाई खान दिइन्थ्यो ।’

अहिले सोझै बलि दिने परम्पराले निरन्तरता नपाएको भए पनि धेरै चाडपर्वमा मासु खाने चलन अभिन्न जस्तै छ । यहुदीहरूमा पशुबलि दिने चलनमा विविधता छ र उद्देश्यानुसार त्यो फरक पर्छ ।

यहुदी धर्मग्रन्थमा पनि अब्राहमले आफ्ना छोराको बलि चढाउन खोजेको प्रसङ्ग आउँछ । यद्यपि पशुबलि दिने चलन पछि आयो र यहुदीहरूका लागि त्यो अलि पृथक छ ।

प्राचीनकालमा पश्चात्तापमा र नकारात्मक प्रवृत्तिका लागि क्षमायाचना गर्न पशुबलि दिइन्थ्यो ।

यद्यपि जीजस क्राइस्टको मृत्युलाई सर्वोच्च बलिदान मानिएकाले पशुबलि दिने चलनलाई धार्मिक महत्व दिन छोडियो । इसाई धर्ममा जीजसलाई ‘ईश्वरको भेडा’ ठानिन्छ ।

पशुबलि दिने धार्मिक प्रावधान नभए पनि कसैले ‘भाकल’ हालेको छ वा ईश्वरलाई ‘वचन’ दिएको छ भने फरक किसिमले पशुबलि दिने गरिएको छ ।

यहुदी धर्मसँगको सम्बन्धबाहेक इसाई धर्ममा सृष्टिकर्तालाई बलि चढाउने अरू प्रचलन नभएको डा रोबेरो औँल्याउँछन् ।

इसाई धर्ममा मासु खान रोकतोक छैन । धेरै देशमा यहुदी पर्व पासओभरका बेला भेडाको मासु खाने चलन छ । इटलीमा ईस्टर पर्वअगाडि भेडाको मासु खानैपर्ने चलन भएको डा रोबेरो बताउँछन् ।

प्राचीनकालमा पश्चात्तापमा र नकारात्मक  प्रवृत्तिका लागि क्षमायाचना गर्न पशुबलि दिइन्थ्यो ।

तर इसाई धर्ममा चाहिँ यहुदीहरूले जस्तो पशु ‘कुर्बान’ गर्नुपर्ने परम्परा देखिँदैन । हिन्दू धर्ममा पशुबलिको विषयमा विवाद देखिन्छ । तर केही सम्प्रदायमा बलि दिने चलन छ ।

भारत, नेपाल र बंगलादेशमा दशैँ वा दुर्गापूजा वा कालीपूजाका बेला पशुबलि दिइन्छ ।

‘रामायण र महाभारतजस्ता धेरै प्राचीन ग्रन्थ अनि पुराणहरूमा पशुबलिको प्रसङ्गहरू उल्लिखित छन्’, बंगलादेशस्थित चिट्टगोङ यूनिभर्सिटीको संस्कृत विभागमा प्राध्यापन गर्ने डा कुशलवरण चक्रवर्ती भन्छन् ।

ईशापूर्व १५०० देखि ५०० सम्म वैदिक कालमा पशुबलि सामान्य भएको मानिन्छ । बलि दिइएका पशुको मासु देवतालाई अर्पण गरेर मानिसहरू प्रसादस्वरूप ग्रहण गर्थे । तर वर्तमान भारतका विज्ञहरू पशुबलिको परम्पराबारे भिन्न मत राख्छन् ।

दक्षिण एशियाका केही प्राचीन मन्दिरहरूमा अझै बलि चढाउने चलन छ । डा चक्रवर्ती बंगलादेशमा ढाकेश्वरीको मन्दिर र भारतमा त्रिपुरासुन्दरी, कामाख्या र कालीघाट काली मन्दिरमा बलि चढाउने परम्पराले निरन्तरता पाएको बताउँछन् ।
यद्यपि धर्मशास्त्री डा रोहिनी धर्मपाल आधुनिक भारतमा पशुबलि त्यति व्यापक नभएको ठान्छिन् ।

धार्मिक उद्देश्यले नभई अहिले आत्मसन्तुष्टि, प्रतिस्पर्धा र आसक्तिका कारण मानिसहरूले पशुबलि दिने गरेको डा चक्रवर्ती ठान्छन् । उनी बलिको परम्परामा पवित्रता घटेको देख्छन् ।

नेपालमा पशुबलि रोक्नुपर्ने आवाज उठ्दै आएको छ । केही मानिसहरूले चाडपर्व र देवालीमा बलि दिने चलन छोड्न थालेको पाइन्छ । श्रीलङ्कामा पशुबलि दिन हिन्दूहरूलाई रोक लगाइएको छ ।