काठमाण्डु–मुस्लिमहरूको पर्व इद मनाउन साउदी अरबमा हज यात्रामा रहेका १४ जना हजयात्रीहरुको गर्मीका कारण मृत्यु भएको छ ।
जोर्डनको विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै उच्च तापमानका साथ चलेको तातो हावाका कारण उनीहरूको मृत्यु भएको पुष्टी गरेको छ ।
मृत्यु हुनेमा सबैजना जोर्डनका नागरिकहरू छन् । हज यात्रामा रहेका अधिकांश हज यात्रीहरू गर्मीको चपेटामा पर्दा १७ जना भने सम्पर्कविहीन बनेका छन् भने उनीहरुको खोजी कार्य जारी रहेको छ ।
साउदी अरबको हज विश्वकै सबैभन्दा ठूलो सामूहिक जमघट हुने मध्येको एक हो । साउदी अधिकारीहरूका अनुसार यस वर्ष १८ लाखभन्दा बढी तीर्थयात्रीहरू सहभागी छन् ।
हाल त्यहाँको तापक्रम ४६ डिग्री पुगेको छ । गत वर्ष हज यात्राका क्रममा भएको भागदौडमा २ सय ४० जनाको मृत्यु भएको थियो ।




प्रतिक्रिया