आईजीपी नियुक्ति विवाद : पोखरेलको रिटमा आज सुनुवाई हुँदै

आईजीपी नियुक्ति विवाद : पोखरेलको रिटमा आज सुनुवाई हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । सरकारले वैशाख १८ गते धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सो रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो ।आज कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेसी परेको छ ।

सरकारले पहिलो वरियतामा रहेका एआईजी पोखरेललाई महानिरीक्षक नबनाई तेस्रो वरियता क्रममा रहेका सिंहलाई आईजीपी बनाएपछि यो विवाद अदालतमा पुगेको थियो । यसअघि विपक्षीका नाममा म्याद तामेल हुन नसक्दा पूर्ण सुनुवाइ हुन सकेको थिएन ।

एआइजी पोखरेलले आफू वरिष्ठ एआइजी हुँदाहुँदै सिंहलाई आइजीपीमा नियुक्ति गरेको भन्दै उक्त निर्णय बदर गरी आफूलाई आईजीपीमा नियुक्ति दिलाउन परमादेशको माग गरेका छन् ।