महान्यायाधिवक्ताले भने-विश्वराज उपयुक्त पात्र होइनन्, जेष्ठताकै आधारमा आईजीपी बनाउन मिल्दैन

महान्यायाधिवक्ताले भने-विश्वराज उपयुक्त पात्र होइनन्, जेष्ठताकै आधारमा आईजीपी बनाउन मिल्दैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको महानिरीक्षक –आइजीपी) नियुक्क्ति विवादमा अन्तिम सुनुवाई जारी छ ।

आफुभन्दा जुनीयर धीरजप्रताप सिंहलाई आइजीपी बनाएको भन्दै एआइजी विश्वराज पोखरेलले हालेको रिटमाथि आज सरकारी वकिलहरुले बहस गरिरहेका छन् ।

यसैक्रममा महान्यायाधिवक्ता खम्म खातीले आइजीपी पदका लागि धीरजप्रताप नै उपयुक्त पात्र भएको दावी गरे । ‘आईजीपीका लागि उपयुक्त धीरजप्रताप सिंह नै हुन् । विश्वराज पोखरेल पनि प्रतिस्पर्धी त हुन् तर प्रहरीको नेतृत्व दिने उपयुक्त होइनन्,’ उनले भने ।

उनले आईजीपीका लागि उपयुक्त हुन सरकारले काम कर्तव्य तोकेको पनि स्मरण गराए । ‘उपयुक्त हुनका लागि काम कर्तव्य तोकिएको छ । त्यस आधारमा सरकारले निर्णय गरेको हो । सबै विषय यहाँ छरपस्ट नपारौं,’ उनले भने ।

खातीले डीआईजी र एआईजीबाट आईजीपी बनाउँदा फरक फरक व्यवस्था रहेको पनि बताए। उनले भने, ‘विश्वराजलाई सरकारले उपयुक्त देखेन। उपयुक्त नदेखेको व्यक्तिलाई जेष्ठताकै आधारमा आईजीपी बनाउनु पर्छ भन्ने छैन ।’